onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भोलि कुबेतबिरुद्द नेपालको तेस्रो खेल : नेपाललाई जित्नैपर्ने दबाब

साउन १० , अनलाइन खेलखबर || सिगापुरमा जारी आईसीसी टि-ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा भोलि शनिवार नेपालले कुबेतको सामना गर्दैछ |

प्रतियोगिताको दाबेदारको रुपमा समेत हेरिएको नेपालको छनोट यात्रा भने सहज देखिएको छैन | अब नेपाललाई अन्तिम छनोट ग्लोबल क्वालिफायरमा स्थान बनाउँन नेपाललाई अबका खेलमा जितको विकल्प छैन |

त्यो कुबेतबिरुद्दको खेलमा पनि जारी रहनु आबस्यक छ | जसमा नेपालले जितसगैं राम्रो रनरेटमा जितेको खण्डमा झन् राम्रो हुँनेछ |

पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएसँगै नेपालको छनोट हुने सम्भावनालाई समीकरणले यथावत राखेको थियो | जसमा नेपाललाई अबका सबै खेल जित्नुपर्ने थियो |

त्यस अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई वर्षाले प्रभावित गरेको खेलमा ७ विकेटले पराजित गरेको छ | अब बाकि रहेको कुबेत् र आईतबार हुँने अन्तिम खेलमा सिगाँपुरलाई पराजित गरेको खण्डमा नेपाल ग्लोबल छ्नोटका लागि चुनिने छ |

फोटो सौजन्य : रमन सिवाकोटी

यता कुबेतको भने जारी प्रतियोगितामा सन्तोषजनक प्रदर्शन हुँन सकेको छैन | पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित भएको कुवेत् सिगांपुरसँगभने अंक बाडेको थियो | भने तेस्रो खेलमा अहिले कतारको सामना गरिरहेको अबस्था छ तर यो खेलमा कुबेतले सामु ठुलो चुनौती प्रस्तुत गरेको कारण कतारलाई सहज देखिएको छैन |

जारी प्रतियोगितामा कुबेत ५ राष्टमध्यमा कमजोर टिम देखिएको छ | यस्तोमा भोलि हुँने खेलमा नेपाल ठुलो जितको खोजीमा रहने छ |

खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेपछि सिगांपुरस्थित ईन्डियन एसोसियशनको क्रिकेट मैदानमा हुनेछ |

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *