नेपाललाई ठूलो झटका ! एकदिवसीय मान्यता प्राप्त नेपाल कतारसगँ पराजित
साउन ७ , अनलाइन खेलखबर || एकदिवसीय मान्यता प्राप्त नेपाल सिगांपुरमा जारी आईसीसी टि- ट्वान्टी विश्वकप एसिया फाइनल छ्नोटको पहिलो खेलमा कतारसगँ पराजित हुँन पुगेको छ ।
मङ्गलबार भएको खेलमा नेपालबिरुद्द एतिहासिक जित हासिल गर्ने क्रममा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
यो सगैँ प्रतियोगिताको प्रबल दाबेदार नेपाललाई ठूलो झटका लागेको छ । विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाललाई अबका बाकी खेल राम्रो तरिकाले जित हासिल गर्नु दबाब आएको छ ।
यस प्रतियोगिताबाट उत्कृष्ट एक टिमले मात्र विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरमा स्थान बनाँउने हुँदा अब नेपालको सम्भावनालाई जिवित राख्न बाकी सबै खेलमा स्पष्ट जित हासिल गर्नुपर्नेछ ।यस्तो भयो भने मात्र नेपाल ग्लोबल क्वालिफायरका लागि छ्नोट हुन सक्नेछ ।
नेपालमाथी जित निकाल्ने क्रममा नेपालले प्रस्तुत गरेको १ सय २३ रनको झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कतारले उक्त चुनौतीलाई १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो ।
कतारको जितमा ईनाम उल हकले सर्बाधिक ठूलो पारी खेल्ने क्रममा ३२ बलमा ६ चौकाको मद्दतमा ४१ रनको योगदान गरे ।
भने कमरन खानले २२ तथा जहिर ईब्राहिमले १२ र मुह्म्मद तनबिरले ११ रन बनाएपछी कतारले नेपालमाथी जित हासिल गरेको हो ।
खेललाई अन्तिम ओभर सम्म लगेको नेपालका बलिङतर्फ सन्दिप लामिछानेले सर्बाधिक ३ विकेट हात पारे । आफ्नो स्पेलको ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर उक्त बिकेट लिएका थिए । यस्तै करन केसिको नाममा पनि १ विकेट रहयो ।
त्यसअघि सिगांपुरस्थित ईण्डियन एसोसिएशन मैदानमा भएको खेलमा सुरुमा नेपालले ट्स जितेर ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
खेलमा ओपनिङ रुपमा मैदानमा आएका कप्तान पारस खडका र उप – कप्तान ज्ञानेन्द्र मल्लको जोडिले कतार बिरुद्दको खेलमा राम्रो गरे ।
टिमलाई राम्रो सुरुवात दिलाउँने क्रममा यो जोडीले ओपनिङ ४९ रनको साझेदारी गर्न सफल भए ।
खेलको ५.६ ओभरमा टिमको स्कोर ४९ हुँदा कप्तान पारसलाई नेपालले व्यक्तिगत २८ रनमा गुमाएको नेपालले यसपछि दोस्रो विकेटका रुपमा मल्ललाई २३ रनमा गुमायो ।
मल्लपछि टिमले अर्का महत्वपूर्ण खेलाडी शरद भेषावकरलाई भने सस्तैमा गुमायो । १०.१ ओभरमा टिमको स्कोर ६७ रन हुँदा शरद तमोर साजदको बलमा क्याच आउट हुँदै पभेलियन फर्किएका थिए ।
यता चौथो विकेटका रुपमा सोमपाल कामीले आउट हुँन पुगे । १२ बलमा १ चौकाको मद्दतमा ११ रन बनाएका उनि रन आउट हुँन पुगेका थिए ।
यसपछि लगातार विनोद भण्डारी पनि ३ रनमा र दीपेन्द्र सिँह एरि ३४ रनमा आउट भएपछि झिनो स्कोर हुँदा टिम थप दबाबमा आएको थियो ।
यस्तै सन्दिप लामिछानेले ९ रन तथा करन केसिले ४ रन बनाए ।
सुरुवात राम्रो पाएको भएपनी मध्यक्रमका खेलाडीले न्याय गर्न नसक्दा कमजोर कतारसामु नेपालको औषत ब्याटिङ रहन पुग्यो ।
बलिङतर्फ कतारका ईकबाल हुसेनले सर्बाधिक ३ विकेट हात पारे भने नौमान सरवार र तमुर साजादले समान २/२ विकेट हात पारे भने ईनाम उक हकले पनि एक बिकेट लिन सफल भए ।
अब प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बुधवार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।