onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कतारबिरुद्द नेपाल सुरुमा ब्याटिङ गर्ने ! यस्तो छ प्लेइङ ११

साउन ७, अनलाइन खेलखबर || सिगांपुरमा जारी आईसीसी टि – ट्वान्टी विश्वकप अन्तर्गत एसिया फाइनल छ्नोट प्रतियोगिता अन्तर्गत प्रतियोगिताको दाबेदार नेपालले पहिलो खेलमा अहिले कतार बिरुद्द खेल्दैछ ।

सिगांपुरस्थित ईण्डियन एसोसिएशन मैदानमा भखरै भएको टसमा नेपालले ट्स जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कतारले प्रतियोगितामा सुरुवात गरिसकेको छ। सोमबार भएको प्रतियोगिताको पहिलो खेलमा कतार आयोजक सिगांपुरसँग पराजित भईसकेको छ ।

यस्तोमा नेपालसगँको भेट पनि कतारका लागि भने सहज पक्कै हुँने छैन । कतार भन्दा नेपाल धेरै माथी रहेको टिम हो ।

ईतिहास हेर्ने हो भने कतारले नेपाललाई पराजित गरेको पाईन्छ । सन २००७ मा कुबेतमा भएको एसियन काउन्सील टी -ट्वान्टी कपमा नेपाल कतासँग ३ विकेटले पराजित भएको थियो ।

कतार र नेपालबीचको भेट निकै कमै भएको छ । यस्तै सन् २००९ मा एसियन काउन्सील टी -ट्वान्टी कप अन्तर्गत भएको खेलमा नेपालले ६ विकेटले जित गरेको थियो ।

तर अहिले समय फेरिएको छ कतार भन्दा नेपाल धेरै माथि पुगिसकेको छ । नेपालको प्रदशन कतार भन्दा धेरै माथी रहेको र त्यो आजको खेलमा पनि देख्न सकिने आकंलन गर्न सकिन्छ ।

एकदिवसीय मान्यता समेत प्राप्त नेपालबिरुद्द कतारका लागि राम्रो अनुभव लिने मौका हुँन सक्छ । कतार त्यही मनोबृतिका साथ् मैदान पक्कै उत्रिने छ ।

नेपाल भने कतारबिरुद्द ठुलो अन्तरले जित हासिल गर्दै प्रतियोगितामा शानदार सुरुवात् गर्न चाहन्छ ।

नेपालको अन्तिम ११ :
१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल ( उप – कप्तान )
३. वसन्त रेग्मी
४. शरद भेषावकर
५. सोमपाल कामी
६. अभिनाश बोहोरा
७. ललित नारायण राजवंशी
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी 
१०. करण केसी 
११. सन्दिप लामिछाने

प्रतिक्रिया दिनुहोस्