
भोलिबाट नेपालको यात्रा सुरु : पहिलो खेलमा कमजोर कतारको सामना
साउँन ६ , अनलाईन खेलखबर || सिगांपुरमा जारी आईसीसी टि – ट्वान्टी विश्वकप अन्तर्गत एसिया फाइनल छ्नोट प्रतियोगिता अन्तर्गत प्रतियोगिताको दाबेदार नेपालले पहिलो खेल कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ ।
मङगलबार सिगांपुरस्थित ईण्डियन एसोसिएशन मैदानमा हुँने खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेपछि हुँनेछ ।
कतारले प्रतियोगितामा सुरुवात गरिसकेको छ। सोमबार भएको प्रतियोगिताको पहिलो खेलमा कतार आयोजक सिगांपुरसँग पराजित भईसकेको छ ।
यस्तोमा भोलीको नेपालसगँको भेट पनि कतारका लागि भने सहज पक्कै हुँने छैन । कतार भन्दा नेपाल धेरै माथी रहेको टिम हो ।
ईतिहास हेर्ने हो भने कतारले नेपाललाई पराजित गरेको पाईन्छ । सन २००७ मा कुबेतमा भएको एसियन काउन्सील टी -ट्वान्टी कपमा नेपाल कतासँग ३ विकेटले पराजित भएको थियो ।
कतार र नेपालबीचको भेट निकै कमै भएको छ । यस्तै सन् २००९ मा एसियन काउन्सील टी -ट्वान्टी कप अन्तर्गत भएको खेलमा नेपालले ६ विकेटले जित गरेको थियो ।
तर अहिले समय फेरिएको छ कतार भन्दा नेपाल धेरै माथि पुगिसकेको छ । नेपालको प्रदशन कतार भन्दा धेरै माथी रहेको र त्यो भोलीको खेलमा पनि देख्न सकिने आकंलन गर्न सकिन्छ ।
एकदिवसीय मान्यता समेत प्राप्त नेपालबिरुद्द कतारका लागि राम्रो अनुभव लिने मौका हुँन सक्छ । कतार त्यही मनोबृतिका साथ् मैदान पक्कै उत्रिने छ ।
नेपाल भने कतारबिरुद्द ठुलो अन्तरले जित हासिल गर्दै प्रतियोगितामा शानदार सुरुवात् गर्न चाहन्छ ।