विश्वकप छनोटमा आयोजक सिगांपुरको विजयी सुरुवात : नेपालको खेल भने भोलि
साउन ६ , अनलाईन खेलखबर ।। आईसीसी टी – ट्वान्टी विश्वकप छनोट एसिया फाइनलको पहिलो खेलमा आयोजक सिगांपुरले विजयी सुरुवात गरेको छ ।
सोमबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गर्ने क्रममा सिगांपुरले कतार लाई ३३ रनले पराजित गरेको हो ।
खेलमा सिगांपुरले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कतार निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ५३ रनमा सिमित हुँन पुगेपछि खेल सिगांपुरले आफ्नो पक्षमा पार्न सफल भयो ।
कतारका लागि कप्तान तमोर साजादले सर्बाधिक ३४ रनको पारी खेले । २९ बलको सामना गरेका उनले २ चौका र समान २ छक्काको मद्दतमा उक्त रन बनाउँन सफल भएका हुँन ।
यस्तै फैइजल जाबेदले २९ तथा मोहम्मद तनबिरले २६ रनको योगदान गरेपनि बाकि खेलाडीबाट उलेख्य योगदान हुँन नसक्दा टिम पहिलो खेलमै निराश हुँन पुगेको छ ।
बलिङतर्फ सिगांपुरका अजमद महबुब र जनक प्रकाशले समान ३/३ विकेट हात पारे भने विजय कुमार र चेतन सूर्यवंशीले पनि समान १/१ विकेट हात पारे ।
त्यसअघि सिगांपुरस्थित ईण्डियन एसोसिएशन मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ् गरेको सिगांपुरले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो ।
टिमले ठुलो स्कोर खडा गर्ने क्रममा सिगांपुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्बाधिक ४७ रनको योगदान गरे । ३९ बलमा उनले ५ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै सिगांपुरका टिम डेविटले ३८ रन , मनप्रित सिहले ३४ रन र रोहन रंगराजनले ३२ रनको योगदान गरे ।
बलिङतर्फ कतारका लागि इकबाल हुसेलले सर्बाधिक ४ विकेट हात पारे । नौमान सरवारले २ तथा तमोर साजादले १ विकेट हात पारे ।
यता नेपालले प्रतियोगिताको पहिलो खेलमा भोलि मङगलबार कतारबिरुद्द खेल्नेछ । सिगांपुरस्थित ईण्डियन एसोसिएशन मैदानमा हुँने खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेपछि हुँनेछ ।