विश्वकप छनोट : नेपाल बलियो तर चुनौती दिन तयार छन मलेसिया र सिगांपुर

विश्वकप छनोट : नेपाल बलियो तर चुनौती दिन तयार छन मलेसिया र सिगांपुर

साउन ५ , अनलाईन खेलखबर ।। अर्को बर्ष अष्टेलियामा हुने आईसीसी टी -ट्वान्टी विश्वकप अन्तर्गत अहिले विभिन्न छनोटका प्रक्रियाको रुपमा रहेको महत्वपुर्ण एसिया छनोट साउन ६ गतेदेखि १२ गतेसम्म सिगांपुरमा हुन् गईरहेको छ ।

विश्वकपमा सहभागी जनाउँने मध्यको एसियातर्फबाट यो महत्वपुर्ण प्रतियोगिता हो । यसबाट शिर्षस्थानमा रहने एक टिम विश्वकपको अन्तिम छनोट ग्लोबल क्वालियायरमा छनोट हुँनेछ । यसअघि अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी ) ले यस एसिया फाइनल छनोटबाट दुई टिम अन्तिम स्थानमा जाने भनेको भएपनि आईसीसीको बोर्ड निर्णय अनुसार एसिया फाइनलमा रहेको युएईलाई विश्वकपको अन्तिम छनोट प्रतियोगिता ग्लोबल क्वालिफायरलाई आयोजनाको जिम्मा दिएको थियो ।

जसको फलस्वरुप युएईले आयोजकको हैसियतबाट सिधै ग्लोबल क्वालिफायरका लागि चुनिएको हो । जसको अर्थ सोमबारबाट हुँने एसिया फाइनल छनोटमा कुल ५ टिमको सहभागिता जनाउँदै छन । जसमा विश्वकप छनोटको पहिलो क्वालिफायरको रुपमा रहेको रिजन क्वालिफायरका उत्कृष्ट टिमहरु रहेका छन ।

यसअघि पहिलो क्वालिफायर एसिया श्रेत्रिय पुर्बीबाट नेपाल सहित मलेसिया र सिगांपुर छनोट भएका थिए । नेपाल यस छनोटको च्याम्पियन समेत हो । भने सिगांपुर दोस्रो र मलेसिया तेस्रो हुँदै एसिया फाइनल छनोटका लागि योग्य भएका थिए । यस्तै पश्चिमबाट युएई सँगै कतार र कुबेत छनोट हुँन सफल भएका थिए ।

अब यी ५ टिमले एक अर्कासँग प्रतिष्पर्दा गर्नेछन । तुलनात्मक रुपमा यस प्रतियोगिताको प्रबल दाबेदार नेपालनै हो । तर नेपाललाई सिगांपुर र मलेसियाले टक्कर दिन सक्ने आधारहरुपनि नभएका होईनन ।

नेपालबाहेक अन्य टिमको स्तर एकै किसिमको हुनेगर्दैन । चाडो -चाडो परिबर्तन हुँने गर्छ त्यसको एउटा मुख्य कारण भनेको विदेशी आयातित खेलाडी जसले टिमको स्तरलाई नै मापन गर्न गाह्रो पर्छ । बिशेषत् : भारतीय र पाकिस्तानी खेलाडीको बाहुल्यता यी टिममा देख्ने गरिन्छ । आफ्नो मुलूक भन्दा सेवा र सुबिधाको आकर्षणले गर्दा यी खेलाडीहरु सजिलै यी टिमबाट खेल्न तयार हुन्छन ।

जुन प्राकृतिक रुपमा उत्पादन हुँनेलाई ठुलो आहत हुनसक्छ । यी टिमलाई कुनै टिमको फ़ेञ्चाईज टिमको रुपमा हेर्न पनि सकिने कतिले मुल्यांङकन गर्छन । जुन कुरामा प्रमाणसहित आधार पनि रहेका छन ।

तर यो दोस्रो पाटो हो हालसम्म हेर्ने हो भने नेपाल बलियो टिम भने देखिन्छ । जसमा सिगापुर र मलेसियाको खेल हेर्न लायक पक्कै हुँनेछ । भने कतार र कुबेतको खेल हेर्न बाकि रहेको छ । तर अन्य नतिजालाई नियाल्दा केहि कमजोर पक्कै देखिएका छन ।

नेपालको सन्दर्भमा प्रतियोगिताको सुरुवात नेपालले आउँदो ७ गते कतार बिरुद्दबाट गर्नेछ । ईतिहास हेर्ने हो भने कतारले नेपाललाई हराएको छ । एसियन काउन्सील टी -ट्वान्टी कप जून सन् २००७ मा कुबेतमा थियो । जसमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

कतार र नेपालबीचको भेट निकै कमै भएको छ । यस्तै सन् २००९ मा एसियन काउन्सील टी -ट्वान्टी कप अन्तर्गत भएको खेलमा नेपालले ६ विकेटले जित गरेको थियो । तर अहिले समय फेरिएको छ कतार भन्दा नेपाल धेरै माथि पुगिसकेको छ । नेपालको प्रदशन कतार भन्दा धेरै माथि रहेको छ । एकदिवसीय मान्यता समेत प्राप्त नेपालबिरुद्द कतारका लागि राम्रो अनुभव लिने मौका हुँन सक्छ । कतार त्यही मनोबृतिका साथ् मैदान पक्कै उत्रिने छ ।

नेपाल भने कतारबिरुद्द ठुलो अन्तरले जित हासिल गर्दै प्रतियोगितामा शानदार सुरुवात् गर्न चाहन्छ । र यसैको निरन्तरतालाई मलेसिया बिरुद्द दोस्रो खेलमा राख्न चाहन्छ । साउन ८ गते हुँने खेलमा मलेसिया भने नेपाललाई टक्कर दिने टिमको रुपमा हेरिएको छ ।

सिगांपुर जानुअघि नेपालले मलेसियामा रहेर अन्तिम तयारी गरेको थियो । जसमा नेपालले मलेसियासँग २ खेलको अन्तराष्टिय श्रीङखला समेत खेलेको थियो ।

जसमा मलेसियाबिरुद्द श्रीङखलालाई क्लिन स्विपगर्ने क्रममा पहिलो खेलमा ७ विकेटले जित हासिल गरेको थियो भने दोस्रो अर्थात अन्तिम् रोमान्चिक बनेको खेलमा नेपालले मलेसियामाथी ६ रनले विजयी हासिल गरेको थियो ।

फोटो सौजन्य : मलेसियन क्रीकेट

खेल नेपालले आफ्नो पक्षमा पारेपनि मलेसियाको खेल भने तारिफयोग्यनै रहेको थियो । यसअघि विश्वकपको पहिलो छनोटका रुपमा रहेको विश्वकप छनोट एसीया ( पुर्बी ) प्रतियोगिताको क्रममा भेट हुँदा नेपालले मलेसियालाई ८ विकेटले जित हासिल गरेको थियो । सुरुमा ब्याटिंङ् गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुँदै १०० रन बनाएको थियो ।

यसपछि जवाफी ब्याटिंङ् गरेको नेपालले कप्तान पारस खडकाको अर्धशतकीय ५२ रनको मद्दतमा नेपालले मलेसियाको चुनौतीलाई १२.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।

मलेसियापछि साउन ११ गते नेपालको प्रतिष्पर्दी कुबेत रहेको छ । जुन पश्चीम छनोट पार गर्दै आएको टिम हो । नेपाल र कुबेत बिच पनि पछिल्लो समय भेट कम भएको छ । र कुबेतको खेललाई हेर्ने हो भने त्यस्तो उलेख्य भने छैन । र प्रतियोगिताको अन्तिम खेलमा नेपालले प्रतियोगिताको बलियो मध्यको अर्को सिगांपुरको सामना गर्नेछ । खेल साउन १२ गते हुँनेछ ।

सिगांपुर र नेपालको पछिल्लो समय मलेसियामा भएको विश्वकप छनोट एसीया ( पुर्बी ) प्रतियोगिताका दौरान भेट भएको थियो । जहाँ सिगांपुरले सुरुमा ब्याटिंङ् गर्दै १७.३ ओभरमा अलआउट हुँदै ८१ रनमा सिमित हुँन पुगेको थियो । यसपछि नेपालले जवाफी ब्याटिंङ गर्न नपाउँदै सुरुमै पानि पर्न थालेपछि खेल रद्द हुँन पुगेको थियो ।

यसरी टिमलाई हेर्ने हो भने नेपाल केहि माथि पक्कै रहेको छ । टिम बलियो भएपनि नेपालले बिपक्षीलाई कम भने आकलन गर्न भने मिल्दैन केहि यस्ता टिम छन जसले नेपाललाई चुनौती दिने क्षमता राख्छन । नेपालले आफ्नो प्राकृतिक खेल खेल्न सफल भए नेपालको भबिष्य राम्रो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *