onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिप को टिम दिल्ली को आईपिएल मा दोस्रो जित : जित सगैँ दिल्ली सातौं स्थान मा उक्लियो

अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत शुक्रबार राती भएको प्रतियोगिता को २६ औं खेल दिल्ली डेयरडेबिल्स र कोलकाता नाईटराईडर्स बिचको खेल मा दिल्लि डेयरडेबिल्स ५५ रनले बिजयी भएको छ ।

२ सय २० रनको विशाल लक्ष्य पछ्याएको कोलकता ले निर्धारित पुरै २० ओवर खेल्दै ९ विकेट को क्षति मा १ सय ६४ रन मात्र बनाउन सक्यो । ठुलो स्कोर पछयाएको भए पनि कोलकाता ले सुरुवात राम्रो गर्न सकेन , पहिलो बिकेट का लागि दोस्रो ओवर मै क्रीस लिन लाई ५ रन मा गुमाएको कोलकाता ले १९ रन हुँदा पहिलो बिकेट गुमायो भने टिमको २० रन हुँदा दोस्रो विकेट का रुप मा रोबिन उथप्पा लाई १ रन मा गुमायो , यसपछि सुनिल नारायण ले ३ छ्क्का १ चौका को मद्दत मा २६ रन बनाए उनि ट्रेन बोल्ट को बल मा क्याच आउट हुन पुगे । यसपछि नितिश राना ले ८ रन , दिनेश कार्तिक ले १८ रन र सुभमन गिल ले ३७ रन थपे । यस्तै एन्दे रसेल ले ४४ रन को योगदान दिदाँ , मिचेल जोनस न ले अबिजित १२ रन र यस्तै कुलदिप यादब अबिजित ७ रन बनाए ।

बलिगं तर्फ दिल्ली का लागि अमित मिस्रा , ट्रेन बोल्ट , आभेश खान र ग्लेन म्याकबेल ले समान २/२ विकेट लिए ।

यसअघि फिरोजशाह कोटला दिल्ली मा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम दिल्ली ले निर्धारित २० ओवर खेल्दै मात्र ४ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । जस मा टोलि को पहिलो पटक कप्तानी को जिम्मेवारी पाएका षृयश अय्यर ले कप्तानी धुवाँधार ब्याटिङ गर्दै टिम लाई ठूलो स्कोर तर्फ पुर्याए ।

उनले अबिजित ४० बलको सामना गर्दै १० छ्क्का ३ चौका को मद्धत मा ९३ रन बनाएका थिए । यस्तै ओपनर पृथ्वी शाहव ले पनि टिम लाई राम्रो सुरुवात दिलाउन उल्लेख्य योगदान गरे उनले ४४ बलको सामना गर्दै ६२ रन बनाए भने पहिलो बिकेट को रुपमा कोलिन मुनरो लाई ३३ रन मा गुमाएको थियो ।ग्लेन मैक्सबेल ले २७ रन बनाएका थिए । पहिलो बिकेट ५९ रन मा गुमाएको दिल्ली ले दोस्रो विकेट १४ ओवर मा १२७ रन मा गुमाएको थियो । यसपछि रिशव पन्त लाई शून्य रन मा तेस्रो विकेट का लागि १४.२ ओवर मा टिमको स्कोर १२९ रन हुँदा गुमाएको दिल्लि ले यसपछि राम्रो कमब्याक गर्दै २०२ रन हुँदा ग्लेन म्याक् बेल लाई चौथो विकेट को रुप मा गुमाएको थियो ।

यस्तै बलिग तर्फ कोलकता का लागि पीयूष चावला , शिभम माभी र अन्द्रे रसेल ले समान १/१ विकेट लिएका थिए ।

यो जित सगै दिल्ली ले ७ खेल बाट २ खेल मा जित निकाल्दै ४ अंक सहित अन्तिम आठौं बाट सातौं स्थान मा उक्लिएको छ भने कोलकता नाईटराईडर्स ले समान ७ खेल खेल्दै ३ खेल मा जित निकाल्दै ६ अंक सहित अंक तालिका को चौथो स्थान मै यथावत नै रहेको छ ।

यता सनिवार अंक तालिका को शीर्षस्थान मा रहेको चेन्नई सुपर किग्सं ले अंक तालिका को अन्तिम स्थान मा रहेको मुम्बई ईन्डियन सगं भिडने छ । खेल नेपाली समय अनुसार रातीको सवा आठ बजे देखि सुरु हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *