
आईपिएल क्रीकेट : कोलकाता सामु दिल्ली को लज्जास्पद हार
अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत सोमबार राती भएको दिल्ली डेयरडेभिल्स र कोलकाता नाईट राईडर्स बिचको प्रतियोगिता को १३ औं खेल मा कोलकाता द्रारा दिल्ली लाई ७१ रन ले पराजित गरेको छ ।
इडन ग्राडेन कोलकता मा टस हारि पहिले ब्याटिङ गरेको घरेलु टिम कोलकता ले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओवर खेल्दै ९ विकेट गुमाएर २ सय रनको योगफल खडा गर्न सफल भएको थियो । जस मा ओपनर क्रीस लेन ले ३१ रन बनाउदां अर्का ओपनर सुनिल नारायण भने असफल रहे उनी तेस्रो ओवर मा मात्र १ रन बनाएर आउट हुन पुगे । यसपछि रबिन उथप्पा ले ३५ रन थपे टिम ले १०० रन पूरा १२ ओवर भित्रै गरेको थियो । नितिश रानाले अर्थसतकिय पारी खेल्दै ५९ रनको पारी खेले र कप्तान दिनेश कार्तिक ले १९ रन बनाउन सफल भए भने एन्दे रसेल ले ईनिगं को मोड बदल्दै आक्रमक धुवाँदार ब्याटिङ गर्दै ६ छ्क्का को मद्दत मा १२ बलको सामना गर्दै ४१ रनको उत्कृष्ट पारी खेल्दै टिमलाई ठूलो स्कोर खडा गर्न योगदान गरे । भने सुभमानगिल ले ६ रन थप्न सफल भए ।
बलिगं तर्फ दिल्ली का लागि राहुल तेवरिया ले ३ विकेट्लिन सफल भए भने ट्रेट बोल्ट र क्रीस मोरिस ले २/२ विकेट लिदा शावबाज नदिम र मोहम्मद शामी ले १/१ विकेट हात पारे ।
२ सय १ रनको ठूलो लक्ष्य पछ्याएको पाहुना टोलि दिल्ली डेयरडेभिल्स ले निकै खराब ब्याटिङ गर्दै १४ ओवर २ बल मा मात्र १ सय २९ रन मा अलआउट हुनपुग्यो ।।सुरुवाती ३ ओवर भित्र २४ रन बनाएर ३ विकेट गुमाउदै खराब सुरुवात गरेको दिल्ली ल्र पावर प्ले भित्र ५६ रन ३ विकेट को क्षतिमा वनाएको थियो । ऋषभ पन्त र ग्लेन मैक्सबेल बाहेक अन्य ब्याट्सम्यान ले निराशाजनक ब्याटिङ गरे । गम्बिर ले ८ रन , जेसन रोय १ रन , शेयस अय्यर ले ४ रन , राहुल तेवरिया ले १ रन , बिजय सङ्खर ले २ रन , क्रीस मोरिस ले २ रन , मोहम्मद सामी ले ७ रन र शाहवाज नदिम् ले अबिजित ६ रन बनाए । भने ऋषभ पन्त ले ४३ रन बनाए भने सर्बाधिक ग्लेन मैक्सवल ले २२ बलको सामना गर्दै ३ चौका ४ छ्क्काको मद्दत ले ४७ रनको पारी खेलेका थिए ।
बलिङ तर्फ दिल्ली को ब्याटिङ लाईन ध्वस्त गराउने क्रममा सुनिल नारायण र कुलदिप यादव ले समान २/२ विकेट लिए , भने शिभम माभी , अन्द्रे रसेल र पीयूष चावला ले १/१ विकेट लिए ।
जित सगै कोलकाता ले ४ खेल बाट २ मा जित निकाल्दै अंकतालिका को दोस्रो स्थान मा उक्लिएको छ भने दिल्ली ४ खेल बाट मात्र १ खेल मा जित निकाल्दै अंकतालिका को सातौ स्थान मा रहेको छ ।
प्रतियोगिता मा मङ्गलबार मुम्बई ईन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्लोर भिडदै छ्न खेल नेपाली समय अनुसार सवा आठ बजे राती देखि सुरु हुनेछ ।।