विश्वकपका खास खेलाडी : जसको प्रदर्शन शानदार रहयो !
असार ३० , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा सम्पन्न १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपको उपाधि आयोजक ईङ्गल्याण्डले घरमै राखेको छ ।
आईतबार भएको शनसनीपूर्ण फाइनल खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै क्रिकेटको जन्मदाता समेत रहेको ईङ्गल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचाल्दै ईतिहास रचेको छ । यस्तोमा यसपटक ईङ्गल्याण्डसँगै विश्व क्रिकेटका लागि खास रहन पुगेको छ ।
लगातार दोस्रो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने यसपटक पनि निराश हुँन पुग्यो । तर यसरी फाइनलमा ईङ्गल्याण्डलाई टक्कर दियो त्यो आफैमा तारिफयोग्यनै रहेको छ । भन्नुपर्छ न्युजिल्याण्डको लागि त्यो समय रहेनछ । दुवै टिमले उत्तिकै राम्रो खेले । तर भाग्यले ईङ्गल्याण्डलाई साथ् दियो र विश्वकपलाई चौथो प्रयासमा ईङ्गल्याण्डले आफ्नो नाममा लेखाउँन सफल भयो ।
यसैबीचमा यसपटक यी खेलाडीका लागि पनि खास रहँन पुग्यो । टिमको सफलतामा महत्वपुर्ण भूमिका निर्बाह गरेका यी खेलाडीले विश्वकपमा राम्रो प्रर्दशन गरे । हो त्यहि कुराको चर्चा यस सामाग्रीमा हामीले गरेका छौ । अबको क्रममा क्रमश : विश्वकपका खास खेलाडी : जसको प्रदर्शन शानदार रहयो ।
सबैभन्दा धेरै रन बनाउँने खेलाडी : भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्माले यसपटकको विश्वकपमा धेरै रन बनाउन सफल भए । सेमिफाइनल सम्मको यात्रा तय भारतका लागि उनले ९ खेलबाट ८१ को औशतमा ६४८ रन बनाएका थिए । यस्तै उनलाई अष्टेलियाका डेविट वार्नरले पछ्याए डेविटले रोहित् भन्दा १ रन कम प्रहार गर्दै १० खेलबाट ६४७ रन बनाए । भने उत्कृष्ट ब्याट्सम्यानका रुपमा बंगलादेशका अलराउण्डर शाकिब अल हसन तेस्रो स्थानमा रहन सफल भए ।
लिग चरणका मात्र ८ खेल खेलेका उनले ६०६ रन बनाउंदै सूचिको तेस्रो स्थानमा रहे ।
सबैभन्दा धेरै विकेट लिने खेलाडी : अष्टेलियाका तिब्र गतिका बलर मिचेल स्टार्कले यसपटकको विश्वकपमा धेरै विकेट लिने खेलाडीको सुचिमा आफ्नो नाम अग्रपंतिमा राख्न सफल भए । टिमले खेलेको सबै खेल खेलेका उनले १० खेलमार्फत २७ विकेट लिन सफल भए । यस्तै यो सूचिको दोस्रो स्थानमा न्युजिल्याण्डका लोकी फर्ग्यूसन रहन पुगे उनले ९ खेलबाट २१ विकेट लिएका थिए । यस्तै ईङ्गल्याण्डलाई च्याम्पियन बनाउन महत्वपुर्ण भूमिका निर्बाह गरेका जोफ्रा आर्चर यस सूचिको तेस्रो स्थानमा रहे । उनले ११ खेलबाट २० विकेट चट्काउँन सफल भए ।
प्लेयर अफ द सिरिज : न्युजिल्याण्डका कप्तान केन विलियमसन लाई यसपटकको विश्वकपको सर्बोकृष्ट खेलाडी घोषित गरिएको छ । कुशल कप्तानीका साथ् विश्वकपमा शानदार ब्याटिंङ्ग गरेका उनको प्रदर्शनलाई हेरेर उनलाई यो सस्करणको प्लेयर अफ द सिरिजको उपाधि दिईएको हो । उनले विश्वकपमा ५७८ रन बनाएका थिए ।
सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी : ईङ्गल्याण्डका कप्तान इयोन मोर्गन यस सस्करणको विश्वकपमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन । उनले कुल २२ चक्का प्रहार गरे । यस्तै १८ छक्का सहित अष्टेलियाका आरोन फिंच दोस्रो स्थानमा र १४ छक्का सहित भारतका रोहित् शर्मा तेस्रो स्थानमा रहे ।
सबैभन्दा धेरै चौका प्रहार गर्ने खेलाडी : भारतका रोहित शर्माले कुल ८ खेलबाट विश्वकपमा ६७ चौकाप्रहार गर्दै यस सूचिको पहिलो स्थानमा रहेका छन । समान ६७ चौका भएपनि खेल धेरै खेलेको आधारमा जॉनी बेयरस्टो यस सूचिको दोस्रो स्थानमा रहे । भने अष्टेलियाका डेविट वार्नर ६६ चौकाका साथ् तेस्रो स्थानमा रहे ।
सर्बाधिक धेरै अर्धशतक बनाउने खेलाडी : बंगलादेशका अलराउण्डर खेलाडी शाकिब अल हसनले विश्वकपका दौरान ८ खेलबाट कुल ५ अर्धशतक प्रहार गरे । यस्तै समान ५ अर्धशतक प्रहार गरेका ईङ्गल्याण्डका बेन स्टोक्स र भारतका बिराट कोहली क्रमश : दोस्रो र तेस्रो स्थानमा रहे ।
सर्बाधिक धेरै शतक बनाउने खेलाडी : भारतका रोहित शर्माले ९ खेलबाट विश्वकपमा कुल ५ शतक प्रहार गर्दै यस सुचिको पहिलो स्थानमा रहन सफल भए भने दोस्रोमा अष्टेलियाका डेविट बार्नर रहे उनले ३शतक बनाएका थिए ।