चेन्नईको बिजयी यात्रा रोकियो : पन्जांव को चेन्नई माथी रोमाञ्चक खेलमा शानदार जित

चेन्नईको बिजयी यात्रा रोकियो : पन्जांव को चेन्नई माथी रोमाञ्चक खेलमा शानदार जित

अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आईतवार भएको प्रतियोगिता को १२ औं चेन्नई सुपर किंग्स र किग्स ईलाभेन पन्जांव बिचको खेल मा पन्जांव ४ रन ले बिजयी भएको छ ।

ठूलो स्कोर १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्स ले पुरै २० ओवर खेल्दै ५ विकेटको क्षति मा १ सय ९३ रन बनायो र जित पन्जाव ले रोमाञ्चक खेल आफ्नो पक्षमा पार्न सफल भयो । कप्तान महेन्द्र सिँह धोनी ले ठूलो स्कोर पछ्याउदै करिब करिव लक्ष्य नजिक पुर्याए उनले चेन्नई का लागि कप्तानि पारी खेल्दै सर्बाधिक ७९ रन मा अबिजित रहे । यस्तै ओपनरद्र्य मुरली बिजयि ले १२ रन , सेन वाटसन ११ रन बनाउदा अ्मबाति रायुडु ले ४९ रन बनाए उनी रन आउट हुन पुगेका थिए । यस्तै सम विलिग्स ले ९ रन र रबिन्द जडेजा ले १९ रन बनाए ।

बलिगं मा भने पन्जाव का लागि एन्दे टाय ले २ विकेट लिए भने मोहित सर्मा र कप्तान आश्विन ले १/१ विकेट लिए ।

यसअघि चन्ढिगढ मोहाली मा भएको खेल मा टस हारेर पहिले घरेलु टिम किंग्स इलाभेन पन्जांव ले निर्धारित पुरै २० ओवर खेल्दै ७ विकेट गुमाएर १ सय ९७ रन बनायो । जस मा ओपनर गृश गेल ले उत्कृष्ट ब्याटिङ गर्दै टिम लाई ठूलो स्कोर तर्फ लगे उनले ३३ बल को सामना गर्दै ७ चौका ४ छ्क्का को मद्दत मा सर्बाधिक ६३ रन बनाएका थिए । सुरुवाती अबस्था देखि नै राम्रो लयमा देखिएको आजको पारी मा अर्का ओपनर के एल राहुल ले पनि ३७ रनको पारी खेल्न सफल भए ।

सुरु देखि नै राम्रो गरेको पन्जाव ले पावर प्ले मा बिना विकेट ७५ रन बनाएको थियो । यसमा मयक अग्रवाल ले ३० रन , युवराज सिहँ २० रन , करुण नायर ले २९ रन बनाए , नायर ब्राबो को बल मा आउट हुन पुगे यस्तै कप्तान रबिचन्दन आश्विन ले १४ रन बनाउदा टाय ले ३ रन बनाएका थिए ।

बलिङ तर्फ पन्जांव का शार्दुल ठाकुर र ईमरान ताहिर ले समान २/२ विकेट लिए भने हरभजन सिहँ , सेन वाट्सन र ब्राबो ले क्रमश : १/१ विकेट लिन सफल भएका थिए ।

यो जित सगै पन्जाव ले आईपिएल मा दोस्रो जित हासिल गरेको छ , यसअघि पहिलो खेल मा पन्जाव ले दिल्ली लाई ६ विकेट ले पराजित गरेको थियो भने दोस्रो खेल मा भने बैङ्लोर सगँ ४ विकेट ले पराजित भएको थियो । हार सगैं चेन्नई को ३ खेल खेल्दा २ जित निकालेको छ यसअघि का दुई खेल मा लगातार जित हासिल गरेको थियो जसमा पहिलो खेल मुम्बई लाई रोमाञ्चक खेल मा १ विकेट ले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेल मा कोलकता लाई ५ विकेट्ले पराजित गरेको थियो ।

अब प्रतियोगिता मा सोमबार कोलकता र दिल्ली भिडने छ्न । नेपालि समय अनुसार सवा आठ बजे देखि हुने खेल मा दुबै टिम दोस्रो जित का लागि खेल्नछ्न । दुबै टिम ले समान ३/३ खेल खेलिसक्दा २ मा हार र १ जित निकालेका छ्न । कोलकताले पहिलो खेल मा रोयल च्यालेन्जर्स बैङ्लोर माथी ४ विकेट को जित निकालेको थियो भने चेन्नई सगँ ५ विकेट र तेस्रो खेल मा हैदराबाद सगं पनि ५ विकेट ले पराजित भएको थियो ।

दिल्ली डेयर डेभिल्स पनि ३ खेल मा १ जित आत्मसात गरेको छ । खेलेको पहिलो खेल मा पन्जाव सगँ ६ विकेट ले पराजित दिल्ली दोस्रो खेल मा राजस्थान सगँ १० रनले पराजित भएको थियो भने तेस्रो खेलमा मुम्बई ईन्डियन्स माथी ७ विकेटको जित हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *