ईङल्याण्डलाई ऐतिहासिक सफलता : ईङ्ल्याण्डले उचाल्यो पहिलोपटक विश्वकपको उपाधि

ईङल्याण्डलाई ऐतिहासिक सफलता : ईङ्ल्याण्डले उचाल्यो पहिलोपटक विश्वकपको उपाधि

असार २९ , अनलाईन खेलखबर || क्रीकेटको जन्मदाता ईङल्याण्डले एतिहासिक सफलता हात पार्ने क्रममा पहिलो पटक विश्वकपको उपाधि उचालेको छ ।

१२ औँ सस्करण सम्म विश्वकप आईपुग्दा ईङल्याण्डले चौथो प्रयासमा यो सफलता हात पारेको हो । यसअघि सन १९७९ , १९८७ र १९९२ मा ईङल्याण्ड उपाधि नजिक पुगेर फाईनलमा निराश हुँन पुगेको थियो ।

आईतबार भएको आईसीसी एकदिवसीय विश्वकपको फाइनल खेलमा न्युजील्याण्डलाई रोमाञ्चक खेलमा सुपर ओभरमा पराजित गर्दै ईङल्याण्ड विश्वकपको च्याम्पियन बनेको हो ।

भने न्युजिल्याण्ड पुन : दुर्भाग्यपूर्ण फाइनलमा निराश हुँन पुगेको छ । अघिल्लो संस्करणमा पनि फाइनलमा पुगेको न्युजिल्याण्ड अष्ट्रेलियासँग पराजित हुन हुँन पुगेको थियो ।

खेलमा न्युजील्याण्डले प्रस्तुत गरेको २ सय ४२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको घरेलु टोली ईङल्याण्ड निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय ४१ रनमा सिमित हुँन पुगेपछि खेल सुपर ओभरमा गएको थियो ।

अन्तिम ओभरमा जितका लागि १५ रनको आबस्यकता हुदाँ ईङल्याण्डले १४ रन बनाएपछी खेलमा रोमाञ्चकता थपिएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ईङल्याण्डले १५ रन बनायो र न्युजिल्याण्ड पनि १५ रनमा सिमित हुन पुगेपछी ईङल्याण्डले ईनिगमा धेरै ब्राउन्ड्री प्रहार गरेको आधारमा जित दर्ता गर्दै ईतिहास रच्यो ।

सुपर ओभर अघि सम्मानजनक लक्ष्य पछ्याएको भएपनी ईङल्याण्डको सुरुवात भने संतोषजनक हुँन भने सकेको थिएन । ५.१ ओभरमा टिमको स्कोर २८ रन हुँदा पहिलो विकेटका रुपमा ईङल्याण्डका मह्त्वपुर्ण खेलाडी जोसन रोयलाई ब्यक्तिगत १७ रनमा गुमाएको थियो ।

यसपछि क्रमश विकेट जाने क्रममा जो रूट पनि ७ रनमा आउट हुँन पुगे । उनलाई कोलिन डी ग्रैंडहोमले पभेलियनको बाटो देखाईदिएका थिए । रुट आउट भएपछी बेयरस्टो ३६ रन तथा कप्तान ईयोन मोर्गन पनि ९ रनमा आउट हुन पुगेपछी टिम दबाबमा आएको थियो ।

तर वेन स्टोक्स र जोस बटलरले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याएका थिए । यी दुईबिच पाँचौ बिकेटका लागि ११० रनको साझेदारी हुँन पुगेको थियो ।

४४.५ ओभरमा लॉकी फर्ग्यूसनको बलमा क्याच आउट भएका जोस बटलरले ६० बलको सामना गर्दै ६ चौकाको मद्द्तमा अर्धशतकिय ५९ रनको पारी खेले ।

यस्तै बेन स्टोक्सले अबिजित रह्दै ८४ रनको योगदान गर्दै टिमलाई रोमान्चित घडी सम्म पुर्याएका थिए ।

बलिङतर्फ न्युजिल्याण्डका लॉकी फर्ग्यूसन र जेम्स नीशमले समान ३/३ बिकेट लिएका थिए
भने मैट हेनरी र कोलिन डी ग्रैंडहोम १/१ विकेट लिएका थिए ।

त्यसअघि लण्डनस्थित लर्डस क्रीकेट मैदानमा भएको फाइनल
खेलमा टस जितेर न्युजिल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो ।

ईङ्गल्याण्डको अनुशासित बलिङ् सामू न्युजिल्याण्डका ब्याट्सम्यानलाई खुलेर खेल्न गाह्रो भएको अनुभूति गरिएको थियो ।

ईनिङको ६.२ ओभरमा पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान मार्टिन गप्टिललाई १९ रनमा गुमाएको भएपनि दोस्रो विकेटका लागि न्युजिल्याण्डले राम्रो साझेदारी पाएको थियो ।

क्रिस वोक्सको बलमा एल्बीडब्लुको सिकार भएका मार्टिन गप्टिलले २ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यसपछि हेनरी निकोल्स र कप्तान केन विलियमसनले पारीलाई उकास्न महत्वपुर्ण भूमिका निर्बाह गरे ।

यी दुई खेलाडीबीच ७४ रनको साझेदारी हुँन पुगेको थियो । ६.२ ओभर देखि सुरु भएको यो जोडीको अन्त्य २२.४ ओभरमा लियाम प्लंकेटको बलबाट हुँन पुगेको थियो ।

दोस्रो विकेटका रुपमा कप्तान केन विलियमसन ३० रन बनाएर पभेलियन फर्किएका थिए ।

यसपछि थप १६ रन जोड्दा टिमले अर्धशतकिय पारी खेलिसकेका हेनरी निकोल्सलाई ५५ रनमा गुमायो ।

लियाम प्लंकेटले लगातार दोस्रो विकेट हात पार्ने क्रममा उनकै बलमा हेनरी निकोल्स सिकार हुँन पुगे । ५५ रन बनाएर टिमलाई राम्रो योगदान गरेका उनले ४ चौका समेत प्रहार गरे ।

३ विकेट पतन पछि न्युजिल्याण्डका रोस टेलरले १५ रन , जेम्स नीशमले १९ रन र कोलिन डी ग्रैंडहोमले १६ रनको योगदान गरे ।

यस्तै ईनिङको अत्यमा टोम लाथमले राम्रो ब्याटिङ गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ लगे । ५६ बलमा उनले २ चौका र १ छ्क्काको मद्दतमा ४७ रनको योगदान गरे ।

बलिङतर्फ ईङल्याण्डका लियाम प्लंकेट र क्रिस वोक्सले सर्बाधिक ३/३ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका प्लंकेटले ४२ रन खर्चिएर उक्त विकेट हात पारे । भने क्रिस वोक्सले ३७ रन खर्चिए ।

यस्तै मार्क वुड र जोर्फा आचरले समान १/१ विकेटलिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *