बिनोदको आक्रमक ब्याटिङमा नेपालद्रारा मलेसिया सामु विशाल लक्ष्य प्रस्तुत

बिनोदको आक्रमक ब्याटिङमा नेपालद्रारा मलेसिया सामु विशाल लक्ष्य प्रस्तुत

असार २९ , अनलाईन खेलखबर || मलेसियाबिरुद्दको दोस्रो अर्थात अन्तिम अन्तर्राष्ट्रिय टि – ट्वान्टी खेलमा नेपालले मलेसिया सामु ठुलो लक्ष्य प्रस्तुत गरेको छ ।

फाईल फोटो

क्वालालम्पुरस्थित किनरारा ओभल क्रीकेट मैदानमा जारी खेलमा नेपालले ट्स जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७३ रन बनाएको छ ।


नेपालका लागि बिनोद भन्डारीले आक्रमक ब्याटिङ गर्दै अबिजित रह्दै सर्बाधिक धेरै रन बनाउँने क्रममा अर्धशतकिय पारी खेले । २५ बलको सामना गरेका उनले ३ चौका र ४ छ्क्काको मद्धतमा ५१ रनको योगदान गरे ।

सुरुवात भने नेपालले मध्यम गरेको यसअघि पहिलो खेलमा ओपनर प्रदिप एरि र पारस खडकाले गरेका थिए भने आज प्रदिपको ठाउँमा पवन सरार्फलाई ओपनरको जिम्मा दिईएको थियो ।

जसअनुसार नेपालले पहिलो विकेट्का लागि ओपनिङ ३४ रनको साझेदारी पाएको थियो । ४.५ ओभरमा पहिलो विकेटका रुपमा पवनलाई टिमले ब्यक्तिगत १० रनमा गुमाएको थियो ।

यसपछि उप- कप्तान ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेटका लागि मात्र ७ रनमा गुमाउँदा पारस खडकालाई पनि टिमले २३ रनमा गुमायो । यसअघि पहिलो खेलमा उनले अबिजित रह्दै ८६ रनको पारी खेलेका थिए तर आज उनी सफल हुँन सकेनन ।

यसपछि रोहित कुमार पौडेल र शरद भेषावकर बिच ४६ रनको साझेदारी हुँन पुगेको थियो । जसले नेपालको ईनिङलाई बढाउन ठूलो भुमिका निर्बाह गर्यो ।

चौथो विकेटका लागि रोहित १९ रन बनाएर आउट हुँन पुगे । उनी सैयद अजिजको बलमा फित्री शामको हातबाट क्याच आउट हुँन पुगेका थिए ।

भने मध्यक्रममा ब्याट्सम्यान शरद भेषावकरले सर्बाधिक धेरै रन बनाए । २८ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्काको मद्धतमा ४० रनको योगदान गरे ।

यस्तै करन केसिले १६ तथा सोमपाल कामी १ रनमा अबिजित रहे ।

बलिङतर्फ मलेसियाका लागि फित्री शामले सर्बाधिक ३ तथा सैयद अजिज र शारभिनले समान १/१ विकेट हात पारे ।

अब नेपालले प्रस्तुत गरेको १ सय ७४ रनको विजयी लक्ष्य पछ्याउँदै घरेलु टोलि मलेसियाले अबको केहि समय पछि जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *