कप्तान पारस खड्काको अर्धशतक पूरा
असार २८ , अनलाईन खेलखबर || मलेसियाबिरुद्दको पहिलो अन्तर्राष्ट्रिय टि- ट्वान्टी खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छ्न ।
उनले ३२ बलमा ५ चौका र २ छ्क्काको मद्दतमा अर्धशतक पूरा गरेका हुँन । उनले ६० रन बनाईसकेका छ्न ।
मलेसियाले प्रस्तुत गरेको १ सय २९ रनको मध्यम लक्ष्य पछ्याँदै जवाफी ब्याटिङ गरिरहेको नेपालले ताजास्थितिमा .. ओभरमा १३.२ मात्र ३ विकेट गुमाएर ८७ रन बनाईसकेको छ ।
टिमले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यानलाई ८ रनमा गुमाएको थियो । भने उप – कप्तान ज्ञानेन्द्र मल्ललाई ब्यक्तिगत ७ रन तथा रोहित कुमार पौडेललाई ५ रनमा गुमाईसकेको छ ।
अहिले मैदानमा पारस खड्कालाई शरद भेषावकरले साथ दिईरहेका छ्न ।