मलेसियाबिरुद्दको पहिलो अन्तर्राष्ट्रिय टि- ट्वान्टी खेल भोलि हुँदै

मलेसियाबिरुद्दको पहिलो अन्तर्राष्ट्रिय टि- ट्वान्टी खेल भोलि हुँदै

असार २७ , अनलाईन खेलखबर || जुलाई २० देखी २८ तारिखसम्म सिगाँपुरमा हुँन गईरहेको आईसीसी टि -ट्वान्टी विश्वकप एसिया छ्नोट प्रतियोगिता खेल्न सिगाँपुर जानुअघी नेपाल अहिले अन्तिम तयारीमा जुटने क्रममा मलेसियामा रहेको छ ।

मलेसियामा रहेको नेपाली राष्टिय क्रीकेट टिमले मलेसियाविरुद्ध २ अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको छ ।

जसअनुरुप पहिलो खेल भोलि सनिवार रहेको छ भने दोस्रो खेल आईतवार रहेको छ ।

दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले यस सिरिजलाई महत्वपूर्ण तयारिको अम्शंको रुपमा लिएको छ ।

आईसीसी टि- ट्वान्टी वरियतामा नेपाल हाल ११ औँ स्थानमा रहेको छ । भने मलेसिया ३५ औँ स्थानमा रहेको छ ।

पछिल्लो समय नेपालले एकपछि अर्को सफलता प्राप्त गर्दै मलेसिया भने खस्कदो क्रममा रहेको छ ।

नेपालको चिर-प्रतिद्वन्दी समेत रहेको मलेसिया एक समय थियो नेपाललाई कडा चुनौती दिने टिम मध्यमा प्रथ्यो तर अहिले माहोल फेरिसकेको अबस्था छ । त्यो स्तरको खेल अहिले मलेसियाको हुँन सकेको छैन ।

यसरी पछिल्ला दुबै टिमको नतिजालाई नियाल्ने हो भने पनि नेपाल मलेसिया भन्दा निकै माथी रहेको छ ।

पछिल्लो युएईबिरुद्ध टि – ट्वान्टी सिरिज खेलेको नेपालले करिव ६ महिनापछि अन्तर्राष्ट्रिय टि – ट्वान्टी सिरिजमा फर्किएको छ ।

मलेसियाबिरुद्दको दुबै खेल क्वालालम्पुरस्थित किनरारा ओभल क्रीकेट मैदानमा हुँनेछ । खेल नेपाली समय अनुसार बिहान पौने ८ बजेपछी सुरु हुँनेछ ।

अन्तर्राष्ट्रिय सिरिज पछि नेपाल र मलेसिया सिगाँपुरतर्फ प्रस्थान गर्नेछ्न ।

टि – ट्वान्टी विश्वकपको छ्नोट प्रक्रियाको दोस्रो चरणमा रहेको एसीया छनोट प्रतियोगितामा आयोजक सिगाँपुर सहित नेपाल, कतार, मलेसिया र कुबेत रहेको छ ।

खेल तालिका अनुसार नेपालले २३ जुलाईमा कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेलमा जुलाई २७ मा कुबेतको सामना गर्नेछ भने अन्तिममा आयोजक सिगापुर सँग जुलाई २८ मा नेपालले खेल्नेछ ।

प्रतियोगिताको शिर्षस्थानमा आउने टोलीले बिश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको ग्लोबल छनोटमा सहभागिता जनाउने छ । जुन प्रतियोगिता युएईमा आयोजना हुनेछ ।

१४ टिम सहभागी ग्लोबल टी ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।

नेपाली टोली : पारस खड्का ( कप्तान ) ,ज्ञानेन्द्र मल्ल ( उप _कप्तान ) सन्दिप लामिछाने , सोमपाल कामि , दिपेन्द्र सिह एरि , करन केसी , बसन्त रेग्मी , बिनोद भण्डारी , ललित नारायण राजबम्शी , अविनाश बोहरा , प्रदिप एरि , रोहित कुमार पौडेल , शरद भेषवाकर र पवन सरार्फ

Leave a Reply

Your email address will not be published. Required fields are marked *