
विश्वले नयाँ च्याम्पियन पाउँने पक्का : फाइनलमा ईङल्याण्ड र न्युजिल्यान्ड भिड्ने
असार २६ , अनलाईन खेलखबर || १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकपको उपाधिको लागि आयोजक ईङल्याण्ड र न्युजिल्यान्ड भिड्ने भएका छ्न ।
बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा साबिकको विजेता समेत रहेको अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै ईङल्याण्डले फाइनलमा न्युजिल्यान्डसगँको भेट पक्का गरेको हो ।
यसले गर्दा यसपटक विश्वले नयाँ विश्व च्याम्पियन पाउँने छ । न्युजिल्यान्ड र ईङल्याण्डले अहिले सम्म उपाधी उचाल्न सकेका छैनन ।
यो ईङल्याण्डको फाइनल प्रबेश चौथो पटक हो । यसअघि ईङल्याण्ड सन १९७९ , १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर फाइनल पुग्न ईङल्याण्डलाई २७ बर्ष कुर्नु पर्यो ।
भने न्युजिल्यान्ड अघिल्लो संस्करणमा पनि फाइनल पुगेको थियो । त्यसबेला पहिलो पटक फाइनल खेलेको न्युजिल्यान्डलाई अष्ट्रेलियासगँ निराश हुन पुगेको थियो ।
क्रीकेटको जम्मदाता समेत रहेको ईङल्याण्डलाई यसपटक ईतिहास बनाउँने सुनौलो अबवर रहेको छ । टिम पनि उच्च लयमा पनि देखिएको छ ।
लिग चरणमा भेट हुँदा ईङल्याण्डले न्युजिल्यान्ड माथि ठूलो अन्तरले जित हासिल गर्ने क्रममा ११९ रनले पराजित गरेको थियो ।
घरेलु दर्शकको पुर्ण साथ रहने फाइनलमा ईङल्याण्डलाई न्युजिल्यान्डले भने कडा चुनौती पक्कै दिनेछ ।
फाइनल खेल आउँदो आईतबार लण्डनस्थित लर्डस क्रीकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी हुँनेछ ।