अष्ट्रेलियालाई हराउँदै ईङल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा
असार २६ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा आयोजक ईङ्गल्याण्ड फाइनल प्रवेश गरेको छ ।
बिहिवार भएको विश्वकपको दोस्रो सेमीफाइनल खेलमा साबिकको विजेता समेत रहेको अष्टेलियामाथि ८ विकेटले जित हासिल गर्दै २७ बर्षपछी ईङ्गल्याण्ड फाइनल पुगेको हो ।
अब आउँदो आईतबार लण्डनमा हुँने फाइनल खेलमा ईङ्गल्याण्डले न्युजिल्याण्डको सामना गर्नेछ ।
खेलमा अष्टेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिंङ गरेको ईङ्गल्याण्डले उक्त विजयी चुनौतीलाई ३२.१ ओभरमा २ विकेटको क्षतिमा सहज तरिकाले भेटायो ।
ईङल्याण्डको सुरुवाती अबस्था देखीनै राम्रो ब्याटिङ गर्नेक्रममा पहिलो विकेटका लागि १२४ रनको ओपनिङ साझेदारी गरेको थियो ।
टिमलाई ठोस सुरुवात दिने क्रममा जोसन रोय र जोनि बेयरस्टोले उत्कृष्ट पारी खेलेका थिए ।
ईनिङको १७.२ ओभरमा बेयरस्टो ब्यक्तिगत ३४ रनमा आउँट हुन पुगे । मिचेल स्टार्कको बलमा एलबिड्ब्लुको सिकार हुँन पुगेका उनले ४३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा उक्त रन बनाए ।
यस्तै दोस्रो विकेटको रुपमा पभेलियन फर्किएका जोसन रोयले ईनिङको सर्बाधिक धेरैले रन बनाउने क्रममा ८५ रनको महत्वपुर्ण पारी खेले । ६५ बलको सामना गरेका उनले ९ चौका र ५ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै ईङल्याण्डलाई फाइनल पुर्याउन जो रुट र कप्तान ईयोन मार्गनले अबिजित रह्दै क्रमश : ४९, ४५ बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र पैट कमिंसले समान १/१ विकेट हात पारे ।
त्यसअघि बर्मिंघममा भएको खेलमा अष्टेलियाले टस जितेर सुरुमा ब्याटिङ् गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।
अष्टेलियालाई सम्मानजनक स्कोर तर्फ पुर्याउन स्टीवन स्मिथले सर्बाधिक ८५ रनको योगदान गरे । ११९ बलको सामना गरेका उनले ६ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।
खराब सुरुवात गरेको अष्टेलियाले आफ्नो सुरुवाती ३ महत्वपुर्ण खेलाडीलाई सस्तैमा गुमाएको थियो । टिमको स्कोर ६.१ ओभरमा १४ रन हुँदा टिमले डेविट वार्नरलाई ९ रन , कप्तान एरोन फिंचलाई शुन्य रन र पीटर हैंड्सकॉम्बलाई ४ रनमा गुमाएको थियो ।
लगातार ३ विकेट पतन भएको अबस्थामा टिमलाई स्मिथ र एलेक्स केरीले सम्हालेका थिए । यी दुईबिच चौथो विकेटका लागि १०३ रनको साझेदारी हुँन पुगेको थियो ।
७० बलमा ४ चौका समेत प्रहार गरेका एलेक्स केरीले ४६ रनको पारी खेले । यस्तै ग्लेन मैक्सवेलले २२ तथा मिचेल स्टार्कले २९ रनको योगदान गरे ।
बलिङ्गतर्फ ईङ्गल्याण्डका लागि क्रिस वोक्स र आदिल राशिदले समान ३/३ विकेट हात पारे । भने जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट हात पारे ।