onlinekhelkhabar.com

Complete website for Nepali Sports News

च्याम्पियन टोली स्वदेश फिर्ता

असार २६ ,अनलाईन खेलखबर ।। मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन नेपाली टोली बुधबार स्वदेश फिर्ता भएको छ ।

फोटो स्रोत : पत्रकार सरिता श्रेष्ठ

मंगलबार प्रतियोगिताको फाइनल खेलमा हंगकंगलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको नेपाली टिम बुधबार राति १० बजे नेपाल आईपुगेका थिए ।

कुल ७ राष्टको सहभागिता रहेको प्रतियोगितामा नेपालको शानदार प्रदर्शन रहेको थियो । अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको नेपालले समूह चरणमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिगापुरलाई २ सय १७ रनले निराश बनाएको थियो ।

समूह ‘ए ‘ मा रहेको नेपालले समूह चरणमा उत्कृष्ट प्रर्दशन गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा आयोजक मलेसियासँग प्रतिष्पर्दा गरेको थियो । जहाँ नेपालले आफ्नो उच्च लयलाई यथावत राख्ने क्रममा मलेसियालाई पनि ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको उपाधि उचालेको नेपाल आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ तारीखसम्म श्रीलंकामा हुँन गईरहेको एसिया कपको लागि छ्नोट समेत भएको छ ।

स्वदेश फर्किएको टिममा कप्तान रोहित कुमार पौडेल र पवन सरार्फ अनुपस्थित रहेका थिए । राष्टिय टिममा समेत रहेका उनिहरु मलेसियामा रहेको राष्टिय क्रिकेट टिममा सिधां मलेसियाबाटै जोडिएका छन ।

राष्टिय टिम अहिले मलेसियामा रहेको छ । जहाँ नेपालले मलेसियासँग २ अन्तराष्टिय टी -ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको छ । मलेसियासँगको पहिलो खेल यहिँ आउँदो जुलाई १३ तारिखमा हुँनेछ । भने दोस्रो खेल १४ तारिखमा हुँनेछ ।

यसपछि नेपाल मलेसियाबाटै जुलाई २० देखि २८ तारिख सम्म सिगापुरमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न सिगाँपुर प्रस्थान गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *