भारत हार्यो ! फाइनलमा पुग्यो न्युजिल्यान्ड

भारत हार्यो ! फाइनलमा पुग्यो न्युजिल्यान्ड

असार २५ ,अनलाईन खेलखबर ।। ईङ्ल्याण्डमा जारी १२ सस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत पहिलो सेमीफाइनल खेलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनल प्रवेश गरेको छ ।

वर्षाले प्रभावित गरेको खेलमा मंगलबारको खेललाई आज बुधवार निरन्तरता दिने क्रममा न्युजील्याण्डले प्रस्तुत गरेको २ सय ३८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ् गरेको भारतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रनमा सिमित हुँन पुगेपछि टिम निराश हुँन पुग्यो ।

न्युजिल्याण्डको उत्कृष्ट बलिङ् सामु भारत सुरुवात अबस्थामानै दबाबमा आएको थियो । ३.१ ओभरमा टिमले मात्र ५ रन बनाउँदा सुरुवाती महत्वपुर्ण ब्याट्सम्यानलाई टिमले गुमाउन पुग्यो । जसमा रोहित शर्मा , लोकेश राहुल र कप्तान बिराट कोहली समान १/१ रनमा आउट हुन पुगे ।

यसपछि भारतको विकेट जाने क्रम रोकिएन ९.६ ओभरमा दिनेश कार्तिक पनि ६ रन बनाएर पभेलियन फर्किएपछी टिम अझ दवाबमा आएको थियो

टिमको स्कोर २४ रन हुँदा ४ विकेट गुमाएको भारतलाई रिशभ पन्त र हार्दिक पान्डेयले केही उकास्न खोजेका थिए । पाँचौ विकेटका लागि यी दुई खेलाडीबिच ४७ रनको साझेदारी हुन पुगेको थियो ।

ईनिङको २०.५ ओभरमा टिमले रिषभ पन्तलाई ब्यक्तिगत ३२ रनमा टिमले गुमाएपछि खेल न्युजिल्यान्डले आफ्नोतर्फ लगेको थियो । रिषभ पन्त आउट भएसँगै हार्दिक पान्डेय पनि दुभाग्यपुर्ण ३२ रनमा आउँट हुन पुगे ।

तर यसपछि महेन्द्र सिँह धोनी र रबिन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई फर्काईदिएका थिए । यी दुईबिच सातौ विकेटका लागि ११६ रनको साझेदारी हुदै टिमलाई जित नजिक पुर्याएका थिए ।

सातौ विकेटका रुपमा रबिन्द्र जडेजा ७७ रन बनाएर आउँट हुन पुग्दा टिमको आशा सकिएको अनुभूति भएको थियो र उनी आउट् भएपछी महेन्द्र सिँह धोनी पनि ५० रन बनाएर आउट हुन पुगेपछी भारतको आशा सकिएको थियो ।

बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले सर्बाधिक ३ तथा बोक्ट र मिचेल सार्टनरले समान २/२ विकेट लिएका थिए । भने लांकी फज्युसन र जेम्स निशमले पनि १/१ विकेट हात पारे ।

त्यसअघि म्यानचेस्टरमा मंगलबार भएको खेलमा न्युजिल्यान्डले टस जितेर सुरुमा ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको अबस्थामा मैदानमा वर्षा हुन् पुगेपछि खेल रोकिएको थियो । यसपछि निरन्तर रुपमा खेललाई सूचारु गर्ने कोशिश भएपनि खेल हुन् सकेन र त्यसलाई बुधवार निरन्तरता दिएको थियो ।

जसअनुसार न्युजिल्याण्डले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो ।

न्युजिल्यान्डका रोस टेलरले सर्बाधिक ७४ रनको पारी खेलेका थिए । ९० बलको सामना गरेका उनले ३ चौका र १ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै कप्तान केन विलियमसनले पनि उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ६७ रनको योगदान गरे । ९५ बलमा उनले ६ चौका समेत प्रहार गरेका थिए ।

उनले ९० बलमा तीन चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले ३ रन जोडे । म्याट हेन

मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे ।

यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान टिमलाई दिएका थिए ।

बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमारले सर्बाधिक ३ विकेट हात पारे । भने जसप्रित बुमराह,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले पनि समान १ /१ विकेट लिन सफल भए ।

अब न्युजिल्यान्डले फाइनलमा बिहिवार हुने अष्ट्रेलिया र ईङल्यान्ड बिचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिश्पर्दा गर्नेछ । फाइनल खेल आउँदो आईतवार लन्डनमा हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *