नेपाल एसिया कपको लागी छ्नोट
असार २४ ,अनलाईन खेलखबर ।। मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ तारीखसम्म श्रीलंकामा हुँन गईरहेको एसिया कपको लागि छ्नोट भएको छ ।
मङ्गलबार भएको फाईनल खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल लगातार दोस्रोपटक प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलमा हङकङले प्रस्तुत गरेको ९६ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
नेपालको जितमा पवन सरार्फले सर्बाधिक ३९ रन बनाए । ३६ बलको सामना गरेका उनले ५ चौका र १ छ्क्काको सहयोगमा उक्त रन बनाएका थिए ।
यस्तै पहिलो विकेटका रुपमा पभेलियन फर्किएका रित गौतमले १३ रन बनाए । मात्र १४ बलको सामना गरेका उनले २ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै खडक बहादुर बोहराले ८ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले पनि १२ रनको योगदान गरे । यस्तै भिम सार्कीले अबिजित रहेर ८ रनको योगदान गरेपछी नेपालले हङकङ माथी शानदार जित हासील गर्न सफल भयो ।
बलिङतर्फ हङकङका रौनक कपुरले २ तथा
मोहम्मद हसन र मोहम्मद हसन खानले समान १/१ विकेट हात पारे ।
त्यसअघि मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर पहिले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
जसअनुसार हङकङले ४३.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।
सुरुवात अबस्था देखिनै खराब प्रर्दशन गरेको हले आफ्नो सुन्य रनमा दुई महत्वपुर्ण खेलाडीलाई गुमाएको थियो ।
शानदार सुरुवात गरेको नेपालले ओपनर ब्याट्सम्यान नासिरुल्ला राना र राहुल शर्मालाई सागर ढकालले सुरुमै पभेलियनको बाटो देखाईदिएका थिए ।
सुरुवाती २ खेलाडीलाई गुमाएको हंगकंग यसपछि केहि दबाब महशुस गर्यो । यसपछि कल्हन मार्कले टिमलाई केही उकास्न खोजे पनि उनी पनि सफल हुँन सकेनन ।
टिमको स्कोर १२.५ ओभरमा २९ रन हुँदा उनी ब्यक्तिगत १९ रन बनाएर आउट हुन पुगे । ३८ बलको सामना गरेका उनले २ चौका र १ छ्क्काको मद्द्तमा उक्त रन बनाउँदा सागर ढकालको बलमा एलबिडब्लुको सिकार हुन पुगे ।
यसपछि आदित गोरवाराले २४ रनको पारी खेले जुन ईनिङको ब्यक्तिगत सर्बाधिक धेरै रन हुन पुग्यो ।
तिलक राज भन्डारीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुनुभन्दा अघि उनले ७१ बलको सामना गर्दै ४ चौकाको मद्धतमा उक्त रन बनाएका थिए ।
यी बाहेक अन्य खेलाडीहरुबाट उल्लेख्य प्रद्शन हुन नसक्दा टिम निकै कम स्कोरमा रोकिन बाध्य भयो ।
हङकङको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका सागर ढकालले सर्बाधिक ५ विकेट हात पारे । आफ्नो १० ओभर पुरै बलिङ गरेका उनले ५ ओभर मेड्न राख्दै मात्र १८ रन खर्चिएर उक्त विकेट चट्काएका थिए ।
यस्तै कमल सिँह एरिले ३ तथा तिलक राज भन्डारी र कुशल मल्लले समान १/१ विकेट हात पारे ।
कुल ७ टिमको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले आगामी एसिया कपको लागि छ्नोट हुँने प्राबधान अनुसार नेपाल छ्नोट हुँन सफल भएको हो ।