नेपाल उपाधि नजिक : हङकङद्रारा नेपाल सामु सामान्य लक्ष्य प्रस्तुत
असार २४ , अनलाईन खेलखबर ।। सागर ढकालले उत्कृष्ट बलिङ् प्रर्दशन गरेपछि अहिले जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हङकङ्ले नेपाल सामू निकै झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार हङकङले ४३.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९५ रन बनाएको छ ।
सुरुवात अबस्था देखिनै खराब प्रर्दशन गरेको हले आफ्नो सुन्य रनमा दुई महत्वपुर्ण खेलाडीलाई गुमाएको थियो ।
शानदार सुरुवात गरेको नेपालले ओपनर ब्याट्सम्यान नासिरुल्ला राना र राहुल शर्मालाई सागर ढकालले सुरुमै पभेलियनको बाटो देखाईदिएका थिए ।
सुरुवाती २ खेलाडीलाई गुमाएको हंगकंग यसपछि केहि दबाब महशुस गर्यो । यसपछि कल्हन मार्कले टिमलाई केही उकास्न खोजे पनि उनी पनि सफल हुँन सकेनन ।
टिमको स्कोर १२.५ ओभरमा २९ रन हुँदा उनी ब्यक्तिगत १९ रन बनाएर आउट हुन पुगे । ३८ बलको सामना गरेका उनले २ चौका र १ छ्क्काको मद्द्तमा उक्त रन बनाउँदा सागर ढकालको बलमा एलबिडब्लुको सिकार हुन पुगे ।
यसपछि आदित गोरवाराले २४ रनको पारी खेले जुन ईनिङको ब्यक्तिगत सर्बाधिक धेरै रन हुन पुग्यो । तिलक राज भन्डारीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुनुभन्दा अघि उनले ७१ बलको सामना गर्दै ४ चौकाको मद्धतमा उक्त रन बनाएका थिए ।
यी बाहेक अन्य खेलाडीहरुबाट उल्लेख्य प्रद्शन हुन नसक्दा टिम निकै कम स्कोरमा रोकिन बाध्य भयो ।
हङकङको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका सागर ढकालले सर्बाधिक ५ विकेट हात पारे । आफ्नो १० ओभर पुरै बलिङ गरेका उनले ५ ओभर मेड्न राख्दै मात्र १८ रन खर्चिएर उक्त विकेट चट्काएका थिए ।
यस्तै कमल सिँह एरिले ३ तथा तिलक राज भन्डारी र कुशल मल्लले समान १/१ विकेट हात पारे ।
अब हङहङले प्रस्तुत गरेको ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै नेपालले अबको केहिबेर पछि जवाफी ब्याटिङ गर्नेछ ।