नेपाली क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्ने
असार २४ , अनलाईन खेलखबर ।। नेपाली राष्टिय क्रिकेट टोली मलेसियाबिरुद्द २ अन्तराष्टिय टी -ट्वान्टी खेल खेल्न आज मलेसियातर्फ प्रस्थान गर्दैछ ।
नेपाली टोली दिउँसो करिव १:०५ मा मलेसियन एयरलाईन्समार्फत मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ । टी -ट्वान्टी विश्वकप एसिया फाईनल छनोट अघि नेपालले मलेसियासँग दुई खेल खेल्दैछ ।
मलेसियासँगको पहिलो खेल यहिँ आउँदो जुलाई १३ तारिखमा हुँनेछ । भने दोस्रो खेल १४ तारिखमा हुँनेछ । यसपछि नेपाल मलेसियाबाटै जुलाई २० देखि २८ तारिख सम्म सिगापुरमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न सिगाँपुर प्रस्थान गर्नेछ ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलिमा सहित ज्ञानेन्द्र मल्ल ( उप _कप्तान ) सन्दिप लामिछाने , सोमपाल कामि , दिपेन्द्र सिह एरि , करन केसी , बसन्त रेग्मी , बिनोद भण्डारी , ललित नारायण राजबम्शी , अविनाश बोहरा , प्रदिप एरि , रोहित कुमार पौडेल , शरद भेषवाकर र पवन सरार्फ रहेका छन ।
यस्तै बैकल्पिक खेलाडीको रुपमा शुशन , भारी , जितेन्द्र मुखिया ,आरिफ शेख र कुशल भुर्तेल रहेका छन ।
यता मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागिता जनाईरहेका रोहित कुमार पौडेल र पवन सरार्फले मलेसियामानै टिमसँग जोडिने छन ।
एसीया छनोट प्रतियोगितामा आयोजक सिगापुर सहित नेपाल, कतार, मलेसिया र कुबेत रहेको छ । खेल तालिका अनुसार नेपालले २३ जुलाईमा कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेलमा जुलाई २७ मा कुबेतको सामना गर्नेछ भने अन्तिममा आयोजक सिगापुर सँग जुलाई २८ मा नेपालले खेल्नेछ ।
प्रतियोगिताको शिर्षस्थानमा आउने टोलीले बिश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको ग्लोबल छनोटमा सहभागिता जनाउने छ । जुन प्रतियोगिता युएईमा आयोजना हुनेछ । १४ टिम सहभागी ग्लोबल टी ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।
यसअघि मलेसियामा भएको बिश्वकप छ्नोटको पहिलो चरणमा रहेको एसिया ( पूर्वी ) छ्नोट प्रतियोगितामा नेपाल प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
कुल ७ टिम सहभागिता रहेको छ्नोट प्रतियोगिताको अंकतालिकाको सिर्षस्थानको टोलि लाई च्याम्पियन को रुपमा मानिएको थियो । नेपाल प्रतियोगिता भर अपराजित रह्दै एसिया फाइनल छनोट प्रतियोगिताको लागि छनोट समेत भएको हो । भने प्रतियोगिताको प्राबधान अनुसार नेपाल सहित अंकतालिकामा दोस्रोमा रहेको सिगापुर र तेस्रोमा रहेको मलेसिया नेपाल सगैँ बिश्वकप छ्नोटको यो चरण सम्म आईपुगेका हुन् ।
यी १४ देश मध्ये शीर्ष ६ मा स्थान बनाउने टोली विश्वकपका लागि छनोट हुनेछ । कठिन बाटो छ तर नेपालको लागि भने पक्कै राम्रो अवसर हुनेछ । नेपालले यसअघि एक पटक विश्वकपमा सहभागी जनाईसकेको छ ।
सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा नेपाल खेलेको थियो । जसमा नेपालले हंगकंग र अफगानिस्तान माथि शानदार जितसमेत हासिल गरेको थियो ।