आयोजक मलेसियालाई पराजित गर्दै नेपाल यू-१९ इस्टर्न रिजनको फाइनल प्रवेश

आयोजक मलेसियालाई पराजित गर्दै नेपाल यू-१९ इस्टर्न रिजनको फाइनल प्रवेश

असार २३ , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

सोमबार भएको सेमिफाइनल खेलमा मलेसियाले प्रस्तुत गरेको ८८ रनको झिनो विजयी चुनौती पछ्याउदै जवाफी ब्याटिङ् गरेको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य भेटायो ।

झिनो लक्ष्य पछ्याएको भएपनि नेपालको सुरुवात त्यति सन्तोषजनक भने हुँन सकेन । ओपनर ब्याट्सम्यान पवन सरार्फलाई टिमले व्यक्तिगत १८ रनमा गुमाएको थियो । आक्रामक शैलीमा ब्याटिंङ गर्ने क्रममा टिमले ३.५ ओभरमा पवनलाई गुमाएको थियो । पवन आउट भएलगत्तै अर्का ओपनर रित गौतम पनि सस्तैमा आउट हुन् पुगे ।

५.६ ओभरमा रित मात्र ३ रन बनाएर पभेलियन फर्किए । भने खडक बहादुर बोहराले खाता खोल्न समेत सकेनन । यसपछि टिमलाई सम्हाल्दै टिमका कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले नेपाललाई जिततर्फ लगे । अविजित रहेका रोहित र भिमले क्रमश : ३१ र ३३ रनको योगदान गरे ।

बलिङतर्फ मलेसियाका हैइकल खैरले २ तथा मोहमद अमिरले १ विकेट हात पारे ।

त्यसअघि किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर सुरुमा घरेलु टोली मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार निकै खराब ब्याटिङ् गर्ने क्रममा मलेसिया ४०.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८७ रनमा सिमित हुँन पुगेको थियो ।

नेपाली बलरसामु खुलेर कुनै खेलाडी खेल्न सकेनन र त्यसको परिमाण देखिएको छ । मलेसियाका मोहम्मद अमिरले सर्बाधिक २४ रनको पारी खेले । ३२ बलको सामना गरेका उनले ३ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै टिमका लागि हैइकल खैरले १२ तथा वान अमिरुलले ११ रन बनाएका थिए ।

मलेसियाको ब्याटिंङ् ध्वस्त पार्ने क्रममा बलिङ्तर्फ नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट हात पारे भने कमल सिह एरी , तिलक राज भण्डारी र राशिद खानले समान १/१ विकेट हात पारे ।

अब नेपालले प्रतियोगिताको फाइनलमा भोलि मंगलबार हंगकंग र सिगापुरको विजेतासँग प्रतिष्पर्दा गर्नेछ ।

प्रतियोगिताको एक मात्र दाबेदार नेपालले समुह चरणको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिगापुरलाई २ सय १७ रनले निराश बनाएको छ ।

कुल ७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले आगामी अगष्ट २८ देखी सेप्टेबर ८ तारिख सम्म श्रीलंकामा हुने यु-१९ एसीया कपमा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *