रोमाञ्चक खेल मा मुम्बई माथी सनराईजर्स हैदराबाद को शनसनिपुर्ण जित
चैत्र २९ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत बिहिवार भएको प्रतियोगिता को सातौं खेल मा सनराईजर्स हैदरावाद ले मुम्बई ईन्डियन्स लाई १ विकेट ले पराजित गरेको छ ।
१ सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको सनराईजर्स हैदराबाद ले उक्त लक्ष्य अन्तिम बल मा अन्तिम विकेट मा भेटायो ।। आज हैदराबाद ले सुरुवात निकै राम्रो गरेको थियो पहिलो बिकेटका लागि टिम को ६२ रन हुँदा रिद्दिमान शाह लाई २२ रन मा गुमाएको थियो । भने दोस्रो विकेट ८ ओवर मा ७३ रन हुँदा केन विलियम्सन लाई मात्र ६ मा गुमाएको थियो उनले ४ बल मात्र सामना गरेका थिए मुस्तफिजुर को बल मा उनी क्याच आउट हुन पुगेका थिए । यस्तै ८ ओवर ५ बल मा शिखर धवन ४५ रन बनाउदै मार्कन्डे को बलमा आउट भएका थिए । २८ बलको सामना गरेका उनले ८ चौका प्रहार गरेका थिए । यस्तै मनिश पान्डे ले ११ रन , शाकिव उल हसन ले १२ रन थपे । १७ औं ओवर मा मुम्बई लाई खेल मा वापसी ल्याउन बुमराह ले खोजे उनले १७ औ ओवर को चौथो र पाचौ बल मा लगातार दुई विकेट लिए , उनले छ्ठौ बिकेट का लागि युसुव पढान को विकेट लिए उनले १४ रन बनाउदा पभेलियन जान बाध्य भए भने अर्को बल मा राशिद खान सिकार हुन पुगेका थिए । यसपछि खेल मा रोचकता आएको थियो १८.४ ओवर मा हैदराबाद को आठै विकेट पतन हुन पुग्यो सिद्दार्थ कौर शून्य रन मा आउट भए पछि खेल मुम्बई ले आफ्नो पक्ष मा लिएको देखिएको थियो , निकै नै रोमाञ्चक बनेको र खेल अन्तिम ओवर को अन्तिम बल सम्म अन्तिम विकेट मा पुगेको खेल मा हैदराबाद ले १ बल मा १ रन आबस्यकता परेको अबस्थामा सनसनिपुर्ण जित हासिल गरेको छ । अजस मा दिपक होन्डा ले अबिजित ३२ रन र बेन स्टाईनलेक पनि अबिजित २ रन बनाउदै टिमलाई महत्त्वपूर्ण जित दिलाए ।
यसअघि राजिव गान्धी अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला हैदराबाद मा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई ईन्डियन ले निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । जसमा ओपनर कप्तान रोहित सर्मा ले १० बल को सामना गर्दै १ छ्क्का १ चौका को मद्दत मा ११ रन बनाएका थिए भने अर्का ओपनर ईभिन लेविस ले २९ रनको पारी खेलेका थिए । यस्तै ईशान किशन ले ९ रन , सुर्यकुमार यादब ले २८ रन , कुनाल पान्डेय ले १५ रन , किरण पोलाड ले २८ रन , बेन कटिङ ले ९ रन को योगदान गरेका थिए । म्यायाक मार्कन्डे र जसपृत बुमराह ले अबिजित क्रमशः ६ र ४ रन बनाएका थिए ।
मुम्बई ईन्डियन लाई मध्यम स्कोर मा रोक्न सन्दिप सर्मा ,विलि स्टानलक र सिद्दार्थ कौल ले समान २/२ विकेट लिएका थिए भने शाकिव उल हसन र राशिद खान ले १/१ विकेट लिएका थिए ।
प्रतियोगिता मा लगातार दुई खेल सनराईजर्स हैदराबाद ले जितेको छ । हैदराबाद ले। पहिलो खेलमा राजस्थान रोयल्स लाई ९ विकेट ले हराएको थियो । मुम्बई ईन्डियन लगातार दुई खेल मा पराजित हुदाँ पहिलो खेल मा चेन्नई सुपर किंग्स सगँ १ विकेट ले पराजित भएको थियो ।
अब प्रतियोगिता मा शुक्रबार रोयल च्यालेजर्स बङ्लोर र किंग्स ईलाभेन पन्जांव बिच हुनेछ , खेल नेपाली समय अनुसार राती सवा आठ बजे पछि हुनेछ ।