महेन्द्रनगर लाई पराजित गर्दै ज्ञानेन्द्र मल्लको टिम काठमाडौ फाईनल मा :  फाईनल मा धनगढि सगँ भोलि भिडने

महेन्द्रनगर लाई पराजित गर्दै ज्ञानेन्द्र मल्लको टिम काठमाडौ फाईनल मा : फाईनल मा धनगढि सगँ भोलि भिडने

चैत्र २९ , अनलाईन खेलखबर || धनगढि प्रिमियर लिग ( डिपिएल ) अन्तर्गत आज भएको दोस्रो क्वालिफायर मा काठमाडौ गोल्डेन्स सगँ महेन्द्रनगर युनाईटेड ५ विकेट ले पराजित भएको छ ।

पहिलो क्वालिफायर को पराजित काठमाडौ ले एलिमिनेटर को बिजेता महेन्द्रनगर युनाईटेड सामु बिजयी हासिल गर्दै यस संस्करण को फाईनल यात्रा तय गरेको छ । फाईनल भोलि शुक्रबार करिव साढे बार्ह बजे देखि सुरु हुनेछ ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौ गोल्डेन्स ले उक्त लक्ष्य १८ ओवर २ बल मा ५ विकेट गुमाएर भेटायो । आज टिम लाई फाईनल पुर्याउन का लागि काठमाडौ का ओपनरद्रय अमित श्रेष्ठ र सुभोद भाटी ले उत्कृष्ट ओपनिग साझेदारी गरेका थिए । उनी हरु ले टिम लाई एकदमै राम्रो सुरुवात दिलाए जस मा अमित ले ३७ बलको सामना गर्दै २६ रन बनाए भने सुभोद भाटी ले अर्थसतकिय पारि ५२ रन बनाएका थिए । यस्तै भुपेन्द्र थापा ले १५ रन , कप्तान ज्ञानेन्द्र मल्ल ले २५ रन , पुस्प थापा ले ९ रन थप्दा नरेश बुढाएर र शनि पटेल अबिजित क्रमश : ७ र ५ रन बनाएका थिए ।।

बलिगं तर्फ महेन्द्रनगर का पुनित मिश्रा ले २ विकेट लिदाँ , रोबिन क्षेत्री , पुनित बिस्ट र भुवन कार्की ले १/१ विकेट लिए ।

यसअघि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको क्रीकेट मैदान मा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर ले पुरै निर्धारित २० ओवर खेल्दै ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । सुरुवात निकै नै खराब गरेको महेन्द्रनगर लाई सम्मानजनक स्थिति सम्म पुनित मेहरा र आरिफ शेख ले टिमलाई लगेका थिए । ५ ओवर मा टिमको मात्र १० रन थियो र ६ विकेट गुमाईसकेको अवस्था थियो । आज ५ ब्याट्स म्यान् ले बिना खाता खोली आउट भए , जस मा ओपनरद्रय बिनोद भन्डारी , आसिफ शेख यस्तै हरिसङ्खर शाह , रोहित पौडेल र भुवन कार्की थिए । काठमाडौ का शनि पटेल ले ६ विकेट लिदै महेन्द्रनगर को ब्याटिङ धरासाई बनाईदिएका थिए । यसै बिच मा पुनित मेहरा ले ७३ बलको सामना गर्दै अर्थसतकिय पारी खेल्दै ५८ रन बनाउदां अर्का आरिफ शेखले ४३ रनको महत्त्वपूर्ण पारी खेलेका थिए ।।जस मा करन केसि ले २१ रन को पारी खेलेका थिए ।

सनि पटेल ले उत्कृष्ट बलिगं गर्दै ४ ओवर बलिगं गर्दा १ मेडन ओवर राख्दै मात्र १० रन खर्चिएर ६ विकेट लिएका थिए । भने सुशन भाटी र पुस्प थापा ले १/१ विकेट हात पार्न सफल भए ।

अब प्रतियोगिता को फाईनल भोलि शुक्रबार हुनेछ । जसमा काठमाडौ गोल्डेन्स र टिम चौराहा धनगढी भिडने छ्न ।

ट्र्फि का साथ मा डिपिएल का टिम कप्तान हरु ।

यता नेपाली क्रीकेट ईतिहास मै सर्बाधिक धनराशि पुरस्कार रहेको यस प्रतियोगिता को बिजेता टिमले २५ लाख , उपबिजेता ले १० लाख , तेस्रो हुने टिम ले ३ लाख र चौथो हुने टिम ले २ लाख नेपाली रुपैया पाउने छ्न ।यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई टिभिएस अपाचे १८० सिसि को मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याच ले १० हजार नगद प्राप्त गर्ने छ्न । यस्तै डिपिएल ले “मस्ट भ्यालुएवल प्लेयर ” ले नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक गोल्डेन जुत्ता पुरस्कार पाउने भएका छ्न , जसलाई गोल्ड स्टार जुत्ताले प्रायोजक गरेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *