
विश्वकपको सेमिफाइनल समीकरण पूरा
असार २२ , अनलाईन खेलखबर ।। गएराती लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्टेलियालाई १० रनले पराजित गरेसँगै ईङ्गल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
अब पहिलो सेमिफाईनलमा भारतले न्युजिल्याण्डको सामना गर्नेछ । भने दोस्रो सेमिफाइनलमा अष्टेलियाले ईङ्गल्याण्डको सामना गर्नेछ ।
कुल १० टिमको सहभागिता रहेको विश्वकपमा लिग चरणमा एक अर्कासँग १/१ खेल खेल्दै ९ खेलबाट भारत १५ अंकसहित अंकतालिकाको पहिलो स्थानमा रह्यो । भने १४ अंकसहित अष्टेलिया दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । यदि लिगको अन्तिम खेलमा पराजित नभएको खण्डमा अष्टेलिया अंकतालिकाको पहिलो स्थानमा रहने थियो । त्यसबाट अष्टेलिया चुक्न गयो ।
यस्तै १२ अंकसहित ईङ्गल्याण्ड तेस्रोमा र ११ अंकसहित न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाईनल पक्का गरेको हो । पाकिस्तानसँग समान ११ अंक भएपनि नेट रनरेटमा पछि पार्दै न्युजिल्याण्डले सेमिफाईनल पक्का गरेको हो ।
विश्वकपको प्राबधान अनुसार अंकतालिकाको पहिलो स्थान र चौथो स्थानमा रहने टिमले प्रतिष्पर्दा गर्नेछ । भने दोस्रोले तेस्रो स्थानमा रहने टिमसँग भिडने हुदाँ यसपटकको सेमिफाईनल समीकरण निकैनै रोचक बनेको छ ।
फाईनल को पुग्ला अहिलेनै भन्न निकै गाह्रो अबस्थामा रहेको छ यस समिकरणले गर्दा तर खेल भने पूर्ण रोमाञ्चक पक्कै हुने आकलन भने गर्न सकिन्छ । आउँदो मंगलबार भारतले न्युजिल्याण्डको सामना गर्नेछ भने विहिवार अष्टेलियाले आयोजक ईङ्गल्याण्डको सामना गर्नेछ । दुवै सेमिफाईनल खेल नेपाली समय अनुसार सवा ३ बजेपछि हुनेछ ।