लगातार  दोस्रो जितसँगै  नेपाल समुह विजेता बन्दै सेमिफाइनल प्रवेश

लगातार दोस्रो जितसँगै नेपाल समुह विजेता बन्दै सेमिफाइनल प्रवेश

असार २० , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गर्ने क्रममा आज नेपालले सिगांपुरलाई २ सय १७ रनले पराजित गरेको छ ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले यो खेलसँगै समुह ‘ए ” का दुवै खेल शानदार तरिकाले आफ्नो पक्षमा पार्दै समुह विजेता बन्दै नेपाल सेमीफाइनल प्रवेश गरेको छ । भने पराजित सिगापुर पनि सेमिफाईनल पुगेको छ ।

यसअघिनै पहिलो खेल जित्दै सेमिफाईनल पुगेका यी दुई टिमको आजको खेलले समुहको विजेता र उप-विजेता निर्धारण गर्ने थियो जसमा नेपालले शानदार रुपमा बाजी मार्यो ।

अब नेपालले सेमिफाइनलमा २३ गते समुह ‘बि’ को उप -विजेतासँग प्रतिष्पर्दा गर्नेछ । भने सिगापुरले समुह ‘बि ‘ को विजेता सँग प्रतिष्पर्दा गर्नेछ ।

आजको खेलमा नेपालले प्रस्तुत गरेको ३ सय २७ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ् गरेको सिगापुर ३९.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ९ रनमा सिमित हुन् पुगेपछि टिम ठुलो अन्तरले पराजित हुन् पुग्यो ।

सिगापुरका लागि हरि कुकरेजाले सर्बाधिक ३० रन बनाए । यस्तै सतीशले २४ रन तथा चंद्रमौली श्रीदेवले २३ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान दिन नसक्दा टिमले लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

बलिङ्गतर्फ नेपालका कुशल मल्लले ४ विकेट हात पारे । भने तिलक राज भन्डारीले २ तथा राशिद खान र सागर ढकालले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर सुरुमा ब्याटिंङ गर्दै निर्धारित ५० ओभरमा मात्र ४ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो ।

सुरुवात देखिनै राम्रो प्रदशन गर्ने क्रममा नेपालका ओपनर ब्याट्सम्यान पवन सरार्फ र रित गौतमले पहिलो विकेटका लागि ९२ रनको ओपनिङ्ग साझेदारी गरेका थिए ।

१४.४ ओभरमा पवन सरार्फ़लाई टिमले व्यक्तिगत ४५ रनमा गुमाएको थियो । ४१ बल सामना गरेका उनले १० चौकाको मद्दतमा उक्त पारी खेलेका थिए ।

यसपछि रित र खडकले अर्को राम्रो साझेदारी गर्दै टिमलाई ठुलो स्कोरतर्फ अग्रसर गराएका थिए । रितले शतकीय पारी खेल्दा निकै राम्रो ब्याटिंङ्ग गरेका खडक बहादुर बोहरा शतक प्रहार गर्नबाट चुके । रित र खडक बिच दोस्रो विकेटका लागि भने १३१ रनको साझेदारी हुँन पुगेको थियो ।

खडकले ९० बलको सामना गर्दै १२ चौकाको मद्दतमा ९० रननै बनाएका थिए । भने रितले सतकीय पारी खेले । अविजित रहेका उनले १३७ बलको सामना गर्दै १० चौकाको मद्दतमा ११५ रन बनाए ।

यसपछि बिशाल बिक्रम केसी मात्र १ रन बनाएर आउट हुन् पुगे भने कप्तान रोहित कुमार पौडेल पनि सस्तैमा आउट हुने क्रममा ७ रन बनाए ।

र कुशल मल्लले पनि अविजित रहदै अर्धसतकीय पारी खेल्दा टिम ठुलो स्कोर बनाउन सफल भयो । कुशलले ५१ रनमा अविजित रहे ।

बलिङ्गतर्फ सिगापुरका प्रनभ सुदर्शन र भिनित मेहताले समान २/२ विकेट हात पारे ।

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘ए ‘ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो ।

कुल ७ टिमको सहभागिता रहेको यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *