onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रित गौतमले शतकीय पारी खेलेपछि नेपालद्रारा सिगांपुर सामु बिशाल लक्ष्य प्रस्तुत

असार २० , अनलाईन खेलखबर ।। खडक बहादुर बोहरा र रित गौतमको उत्कृष्ट ब्याटिङमा नेपालले सिगापुर सामु ठुलो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर सुरुमा ब्याटिंङ गर्दै निर्धारित ५० ओभरमा मात्र ४ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको छ ।

सुरुवात देखिनै राम्रो प्रदशन गर्ने क्रममा नेपालका ओपनर ब्याट्सम्यान पवन सरार्फ र रित गौतमले पहिलो विकेटका लागि ९२ रनको ओपनिङ्ग साझेदारी गरेका थिए ।

१४.४ ओभरमा पवन सरार्फ़लाई टिमले व्यक्तिगत ४५ रनमा गुमाएको थियो । ४१ बल सामना गरेका उनले १० चौकाको मद्दतमा उक्त पारी खेलेका थिए ।

यसपछि रित र खडकले अर्को राम्रो साझेदारी गर्दै टिमलाई ठुलो स्कोरतर्फ अग्रसर गराएका थिए । रितले शतकीय पारी खेल्दा निकै राम्रो ब्याटिंङ्ग गरेका खडक बहादुर बोहरा शतक प्रहार गर्नबाट चुके । रित र खडक बिच दोस्रो विकेटका लागि भने १३१ रनको साझेदारी हुँन पुगेको थियो ।

खडकले ९० बलको सामना गर्दै १२ चौकाको मद्दतमा ९० रननै बनाएका थिए । भने रितले सतकीय पारी खेले । अविजित रहेका उनले १३७ बलको सामना गर्दै १० चौकाको मद्दतमा ११५ रन बनाए ।

यता टिमले भने पहिलो विकेटका रुपमा पवन सरार्फलाई ४५ रनमा गुमाएको थियो । रित र पवन बिच ओपनिङ्ग ९२ रनको साझेदारी हुन् पुगेको थियो ।

यसपछि बिशाल बिक्रम केसी मात्र १ रन बनाएर आउट हुन् पुगे भने कप्तान रोहित कुमार पौडेल पनि सस्तैमा आउट हुने क्रममा ७ रन बनाए ।

र कुशल मल्लले पनि अविजित रहदै अर्धसतकीय पारी खेल्दा टिम ठुलो स्कोर बनाउन सफल भयो । कुशलले ५१ रनमा अविजित रहे ।

बलिङ्गतर्फ सिगापुरका प्रनभ सुदर्शन र भिनित मेहताले समान २/२ विकेट हात पारे ।

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘ए ‘ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो ।

यता सिगापुरले पनि आफ्नो पहिलो खेलमा चीनलाई पराजित गरेको हुँदा सेमिफाईनल पुगिसकेका दुई टिमको आजको खेलले समुहको बिजेता – उप विजेताको टूङ्गो लगाउने छ ।

कुल ७ टिमको सहभागिता रहेको यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो ।

प्रतिक्रिया दिनुहोस्