नेपालको दमदार सुरुवात : ५० रन पनि पूरा

नेपालको दमदार सुरुवात : ५० रन पनि पूरा

असार २० , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अर्थात एसीया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले दोस्रो खेलमा सिगापुरको सामना गरिरहेको छ ।

समुह ‘ए ‘ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । यता सिगापुरले पनि आफ्नो पहिलो खेलमा चीनलाई पराजित गरेको हुँदा सेमिफाईनल पुगिसकेका यी दुई टिमको आजको खेलले समुहको बिजेता – उप विजेताको टूङ्गो लगाउने छ ।

मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गरिरहेको छ । र ताजस्थितिमा नेपालले५.५ ओभरमा बिना विकेटको क्षतिमा ५१ रन पूरा गरिसकेको अबस्था छ ।

अहिले मैदानमा पवन सरार्फ र रित गौतमको ओपनिङ्ग जोडी रहेको छ । पवनले ३० रन बनाईसकेका छन भने रितले पनि १३ रनको योगदान दिईसकेका छन ।

तुलनात्मक रुपमा नेपाल भन्दा निकै कमजोर सिगापुरबिरुद्द नेपालले ठुलो योगफलतर्फ अग्रसर अबस्य पक्कै हुनेछ । त्यसको सुरुवाती संङ्गकेत् नेपालले देखाईसकेको छ ।

कुल ७ टिमको सहभागिता रहेको यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *