सिगांपुरबिरुद्द नेपालले सुरुमा ब्याटिङ्ग रोज्यो
असार २० , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अर्थात एसीया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपालले दोस्रो खेलमा सिगापुरको सामना गर्दैछ ।
समुह ‘ए ‘ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । यता सिगापुरले पनि आफ्नो पहिलो खेलमा चीनलाई पराजित गरेको हुँदा आजको खेलले समुहको बिजेता – उप विजेताको टूङ्गो लगाउने छ ।
मलेसिया स्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेलमा भखरै भएको टसमा नेपालले जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्णय गरेको छ । अब नेपालले केहि बेरपछि ब्याटिंङ्ग गर्नेछ ।
तुलनात्मक रुपमा नेपाल भन्दा निकै कमजोर सिगापुरलाई आज निकै कठिन पक्कै हुनेछ । नेपाल प्रतियोगिताको बलियो दाबेदार हो ।
यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो ।