वाई वाई एसईई क्रिकेट क्याम्प सम्पन्न

वाई वाई एसईई क्रिकेट क्याम्प सम्पन्न

असार १९ , अनलाईन खेलखबर ।। काठमाण्डौमा रहेको नेपालकै प्रतिष्ठित क्रिकेट एकेडेमी ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए ) ले आफ्नो बिशेष कार्यक्रमको रुपमा रहेको वाई वाई एसईई क्रिकेट क्याम्पको समापन गरेको छ ।

एकेडेमीले बिहिवार एक कार्यक्रम गरि एसईई क्रिकेट क्याम्पमा सहभागिता जनाउने खेलाडीहरुलाई सम्मान सहित समापन गरेको थियो । साथै सोहि कार्यक्रममा खेलाडीलाई जर्सी तथा पुरस्कार समेत बितरण गरेको थियो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर खालि समयमा रहेका खेलाडिहरुलाई लक्षित गरि प्रत्येक वर्षझैँ यसपटक पनि सोहिलाई निरन्तरता दिने क्रममा एकेडेमीले खेलाडीलाई बिशेष क्याम्पमा राखी प्रशिक्षण गराएको थियो ।

राष्टिय खेलकुद परिषद ( राखेप )का बरिष्ठ प्रशिक्षक समेत रहेका सामसोन जँङ्ग थापाले खेलाडीहरुलाई प्रशिक्षण गराएँका थिए । जसमा राम्रो सङ्गख्यामा खेलाडिहरुले अझ नजिकबाट क्रिकेट सिक्ने अवसर प्राप्त गरेका थिए ।

बैशाख ५ गते देखि सुरु भएको वाई वाई एसईई क्रिकेट क्याम्पमा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको यस क्याम्प एकेडेमीको चौथो सस्करण हो ।

मुलुक भरबाट सहभागिता रहेको सो क्याम्प अन्तर्गत प्रशिक्षणसँगै टी -ट्वान्टी सिरिजमा पनि खेलाडीलाई सहभागिता गराईएको थियो । जसबाट क्याम्प भरी उत्कृष्ट गर्ने खेलाडीलाई एकेडेमीले ट्रफीसहित सम्मान समेत गरेको थियो ।

जसमा उत्कृष्ट ब्याट्सम्यान मुनाल कुवँर घोषित भए भने उत्कृष्ट बलर साईमोन पौडेल घोषित हुँदा पुर्षोतम न्यौपाने उत्कृष्ट खेलाडी भए । खेलाडीहरुलाई प्रमाणपत्र र ट्रफी प्रमुख अतिथि सिजी फुड्स नेपालका सहायक महाप्रबंधक लाल बाबु प्रसाद र बिशेष अतिथि अर्किड ईन्टरनेशनल कलेजका प्रधानअध्यापक बिदुर दाहालले प्रदान गरेका थिए ।

६ वर्ष देखि निरन्तर संचालनमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले छोटो समयमा नै प्रतिष्ठित एकेडेमीको रुपमा आफुलाई स्थापित गरिसकेको छ । राम्रो खेलाडी बनाउने अभियानमा जुटिरहेको एकेडेमीले निरन्तर अभ्यास , प्रतियोगिता गराईरहेको हुन्छ ।

बंगलादेश र युएईमा नेपालबाट खेलाडी लगेर प्रतियोगिता तथा अभ्यास गराउने पहिलो एकेडेमीको रुपमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल भित्रका यु -१६ तथा यु-१९ का विभिन्न प्रतियोगिताको उपाधि उचालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *