बर्षा बाधक बनेको खेल मा  दिल्ली डेयरडेविल्स माथि राजस्थान रोयल्स को जित

बर्षा बाधक बनेको खेल मा दिल्ली डेयरडेविल्स माथि राजस्थान रोयल्स को जित

अनलाईन खेलखबर || ईन्डियन प्रीमियर लीग(आईपिएल ) अन्तर्गत बुधबार भएको प्रतियोगिता को छठौं खेल मा राजस्थान रॉयल्स ले दिल्ली डेयरडेविल्स लाई डकवर्थ-लुईस को मद्दत मा १० रन ले पराजित गरेको छ ।।

जयपुर मा दिल्ली डेयरडेविल्स विरुद्ध पहिले ब्याटिङ गरेको राजस्थान रोयल्स ले पहिले ब्याटिङ गर्ने क्रम १७.५ औ ओवर मा १५३/५ रन बनाउदा मैदान मा पानी परेपछि खेल केही बेर लाई प्रभावित भएको थियो । यस पछि डकवर्थ – लुईस को नियम अनुसार दिल्ली लाई जित का लागि ६ ओवर मा ७१ रन बनाउने पर्ने भयो र जवाफी ब्याटिङ गर्दै दिल्ली ले निर्धारित ६ ओवर मा ४ विकेट गुमाएर मात्र ६० रन बनायो। र दिल्ली पराजित हुन पुग्यो । राजस्थान रोयल्स लाई यो सिजन को पहिलो जित हासिल भएको छ । भने दिल्ली डेयरडेविल्स को यो लगातार दोस्रो हार हो ।

यसअघि सवाई मानसिंह स्टेडियम जयपुर मा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्स ले सुरुवात भने राम्रो गरेको थिएन । दोस्रो ओवर मै डार्सी शॉर्ट ६ रन बनाएर आउट भएका थिए । यसपछि तेस्रो नम्बर मा ब्याटिङ गर्न आएका बेन स्टोक्स पनि १६ रन बनाउदा पाचौं ओवर मा आउट भए । यहाँ बाट कप्तान अजिंक्य रहाणे ले ४० बल सामना गर्दै ४५ रन , संजू सैमसन ले ३७ रन बनाउदा तेस्रो बिकेट का लागि ६२ रन जोडेका थिए ।

राजस्थान रोयल्स को १० ओवर पछी स्कोर ८४/२ रहेको थियो यसपछि दिल्ली ले राम्रो कमब्याक गरेको थियो जसमा लगातार २ विकेट चाडै नै लिएको थियो ।जोस बटलर ले १८ बल को सामना गर्दै २९ रन बनाएका थिए उनी मोहम्मद शामी को बल मा आउट हुन पुगे । यसपछि राहुल त्रिपाठी १५ रन साथै कृष्णप्पा गौतम ले २ रन बनाउदै अबिजित रहे ।

दिल्ली डेयरडेविल्स का लागि बलिगं तर्फ शाहबाज़ नदीम ले २ विकेट लिए भने मोहम्मद शमी र ट्रेंट बोल्ट ले एक-एक विकेट लिएका थिए ।

बर्षा रोकिए पछि दिल्ली डेयरडेविल्स लाई जीत निकाल्न का लागि ६ ओवर मा ७१ रनको लक्ष्य प्राप्त भएको थियो । दिल्ली का लागि ओपनर कॉलिन मुनरो र ग्लेन मैक्सवेल मैदान आए तर पहिलो बल मै मुनरो शून्य रन मा आउट हुन पुगेका थिए । यस्तै ग्यलेन मैक्सवेल ले १७ रन , ऋषभ पंत ले ३४ रन जोडे तर चौथो ओभर मा मैक्सवेल पनि ३४ रन टिम को हुँदा आउट भए । यसपछि अन्तिम ओवर मा जित का लागि २५ रनको आवश्यकता थियो तर दिल्ली ले मात्र १४ रन बनायो जस मा क्रिस मॉरिस १७ रन मा अबिजित रहे ।।

राजस्थान रोयल्स का लागि बेन लॉफलिन ले २ विकेट लिए भने जयदेव उनादकट ले एक विकेट लिए भने धवल कुलकर्णी ले एकमात्र ओवर मा मात्र ४ रन खर्चिएर जित मा ठूलो योगदान गरेका थिए ।

२२ बल मा ३७ रन बनाउदै आक्रमक ब्याटिङ गरेका सन्जु सैमसन म्यान अफ द म्याच घोषित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *