नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ प्रस्थान

नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ प्रस्थान

असार १५ ,अनलाईन खेलखबर ।। आगामी अगष्ट २८ देखी सेप्टेबर ८ तारिख सम्म श्रीलंकामा हुने यु-१९ एसीया कपमा सहभागिता हुने लक्ष्य सहित नेपाली युवाँ क्रिकेट टिम छनोट प्रतियोगिता खेल्नका लागि आज मलेसियातर्फ प्रस्थान गरेको छ ।

एसियन क्रिकेट काउन्सिल( एसीसी ) को आयोजनामा आउँदो असार १७ गतेदेखी २४ गतेसम्म मलेसियामा हुन् गईरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अर्थात एसीया कप छनोट प्रतियोगिताको लागी नेपाली अन्डर नाईण्टिन टिम आज आइतबार मलेसिया प्रस्थान गरेको हो ।

दिउँसो करिव २ बजे नेपालबाट नेपाली युवाँ क्रिकेट टिम मलेसिया प्रस्थान गरिसकेको अबस्था छ ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली युवाँ क्रिकेट टिममा पवन सरार्फ , कमल सिह एरि , रित गौतम , हरि बहादुर चौहान ,बिशाल बिक्रम केसी , प्रतिश जिसी ,तिलक राज भण्डारी ,राशिद खान , भिम सार्की , लोकेश बहादुर बम , सागर ढकाल , कुशल मल्ल र खडक बहादुर बोहरा रहेका छन ।

यस्तै बैकल्पिक खेलाडीको रुपमा मोहम्मद आसिफ शेख , सन्दिप जोरा , सुर्य तामाङ्ग र आकाश चन्द रहेका छन् ।

कुल ७ टिम सहभागिता रहने प्रतियोगितामा दुई समुहमा बिभाजन गरी खेल तालिका तयार गरीएको छ । जसअनुसार नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा नेपाल सहित चिन र सिगापुर रहेको छ ।

भने समु ‘बि ‘ मा आयोजक मलेसिया सहित भुटान , हंङ्गकङ्ग र थाईल्याण्ड रहेको छ ।

नेपालले प्रतियोगिताको सुरुवात असार १८ गते चीन बिरुद्द खेल्दै गर्नेछ । भने दोस्रो खेल नेपालको असार २० गते सिगापुर बिरुद्द रहने छ ।

समुह चरण पछि समुहका बिजेता र उप – बिजेता प्रतियोगिताको सेमिफाईनल प्रबेश गर्नेछन । सेमिफाइनल खेल २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल २४ गते हुनेछ ।

तुलनात्मक रुपमा नेपाल अन्य टिम भन्दा धेरै माथि रहेको छ । यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ । नेपाल यस प्रतियोगिताको साबिकको विजेता समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *