विश्वकप छनोटका लागी नेपाली क्रिकेट टिमको घोषणा
असार १५ ,अनलाईन खेलखबर ।। अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत आगामी एसिया फाइनल छनोट प्रतियोगिताको लागि नेपाली राष्टिय क्रिकेट टोलिले आज आफ्नो घोषणा गरेको छ ।
आउँदो जुलाई २० देखि २८ तारिख सम्म सिगापुरमा हुँन गईरहेको एसिया छनोट प्रतियोगिताका लागी नेपालले आफ्नो टिम घोषणा आज काठमाण्डौमा पत्रकार सम्मेलन मार्फत गरिएको थियो । जुन सम्भवत लामो अन्तराल पछि यसरी पत्रकार सम्मेलन मार्फत गरिएको पहिलो पटक हो । यसअघि ईमेल मार्फत खेलाडी घोषणाको जानकारी संचारमाध्यमलाई हुने गर्थ्यो ।
आज सार्बजनिक गरिएको टिम अनुसार टिमको कप्तानीमा पारस खड्का सहित ज्ञानेन्द्र मल्ल ( उप _कप्तान ) सन्दिप लामिछाने , सोमपाल कामि , दिपेन्द्र सिह एरि , करन केसी , बसन्त रेग्मी , बिनोद भण्डारी , ललित नारायण राजबम्शी , अविनाश बोहरा , प्रदिप एरि , रोहित कुमार पौडेल , शरद भेषवाकर र पवन सरार्फ रहेका छन ।
यस्तै बैकल्पिक खेलाडीको रुपमा शुशन , भारी , जितेन्द्र मुखिया ,आरिफ शेख र कुशल भुर्तेल रहेका छन ।
उमेश पटवालको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिमको बन्द प्रशिक्षणमा २५ जना खेलाडीलाई बोलाईएको थियो ।
जसमा कप्तान पारस खडका सहित अभिनाश बोहारा , अमित श्रेष्ठ , बसन्त रेग्मी , भिम सार्की , बिनोद भण्डारी , दिपेन्द्र सिह एरि , ज्ञानेन्द्र मल्ल , जितेन्द्र सिह मुखिया , करन केसी , कुशल भुत्तेल , ललित भण्डारी , ललित राज बम्शी , मोहम्मद आरिफ शेख , नन्दन यादब , पवन सरार्फ , प्रदिप एरि , राजु रिजाल , रोहित कुमार पौडेल , सन्दिप लामिछाने ,शाहब आलम , शरद भेषवाकर ,सोमपाल कामि , सन्दिप जोरा र शुशन भारी रहेका थिए ।
बन्द प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शनको आधारमा नेपाली क्रिकेट टिमको अन्तिम घोषणा आज गरेको हो ।
सिगापुर छनोट खेल खेल्न जानुअघि नेपालले मलेसिया भ्रमणमा जानेछ । मलेसिया सँग नेपालले दुई अन्तराष्टिय टी -ट्वान्टी खेल्ने कार्यक्रम तय भएको छ । जुन खेल आउँदो असार २८ र २९ मा हुनेछ ।
यता एसीया छनोट प्रतियोगितामा आयोजक सिगापुर सहित नेपाल, कतार, मलेसिया र कुबेत रहेको छ । खेल तालिका अनुसार नेपालले २३ जुलाईमा कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेलमा जुलाई २७ मा कुबेतको सामना गर्नेछ भने अन्तिममा आयोजक सिगापुर सँग जुलाई २८ मा नेपालले खेल्नेछ ।
प्रतियोगिताको शिर्षस्थानमा आउने टोलीले बिश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको ग्लोबल छनोटमा सहभागिता जनाउने छ । जुन प्रतियोगिता युएईमा आयोजना हुनेछ । १४ टिम सहभागी ग्लोबल टी ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।
यसअघि मलेसियामा भएको बिश्वकप छ्नोटको पहिलो चरणमा रहेको एसिया ( पूर्वी ) छ्नोट प्रतियोगितामा नेपाल प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
कुल ७ टिम सहभागिता रहेको छ्नोट प्रतियोगिताको अंकतालिकाको सिर्षस्थानको टोलि लाई च्याम्पियन को रुपमा मानिएको थियो । नेपाल प्रतियोगिता भर अपराजित रह्दै एसिया फाइनल छनोट प्रतियोगिताको लागि छनोट समेत भएको हो । भने प्रतियोगिताको प्राबधान अनुसार नेपाल सहित अंकतालिकामा दोस्रोमा रहेको सिगापुर र तेस्रोमा रहेको मलेसिया नेपाल सगैँ बिश्वकप छ्नोटको यो चरण सम्म आईपुगेका हुन् ।
यी १४ देश मध्ये शीर्ष ६ मा स्थान बनाउने टोली विश्वकपका लागि छनोट हुनेछ । कठिन बाटो छ तर नेपालको लागि भने पक्कै राम्रो अवसर हुनेछ । नेपालले यसअघि एक पटक विश्वकपमा सहभागी जनाईसकेको छ ।
सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा नेपाल खेलेको थियो । जसमा नेपालले हंगकंग र अफगानिस्तान माथि शानदार जितसमेत हासिल गरेको थियो ।