एकदिवसीय वरियतामा नेपाल खस्कियो !
असार १२ , अनलाईन खेलखबर || एकदिवसिय क्रीकेटको वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
बिहिवार अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसिसी )ले सार्बजनीक गरेको नयाँ वरियता अनुसार नेपाल अहिले १५ औं स्थानमा रहेको छ ।अघिल्लो वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।
वरियतामा नेपालको ८ खेलबाट १५२ पोईण्ट र १९ रेटिङ्गका साथ नेपाल १५ औँ स्थानमा रहेको छ । नेपाल भन्दा पछाडी क्रमश युएई र भखरै एकदिवसिय मान्यता प्राप्त गरेको पपुवा न्युगिनी रहेको छ ।
एसोसियट बाट नेपाल भन्दा अगाडी स्कटल्याण्ड , नेदरल्याण्ड रहेका छन । भने बरियताको शिर्षस्थानमा भारत , दोस्रोमा न्युजिल्याण्ड र तेस्रो स्थानमा अष्टेलिया रहेको छ ।
सन् २० १८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको नेपालले अहिले सम्म २ वटा मात्र अन्तराष्टिय सिरिज खेलेको छ । पहिलो नेदरल्याण्डबिरुद्दको रहेको थियो । जुन १/१ को बराबरीमा सकिएको थियो । भने दोस्रो सिरिज नेपालले युएईबिरुद्द खेलेको थियो । जहाँ नेपालले एतिहासिक सफलता हात पार्ने क्रममा २-१ ले सिरिज आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
जुन सिरिजले नेपाललाई पहिलो पटक एकदिवसीय वरियतामा समाबेश समेत गरेको थियो । यसपछि भने नेपालले कुनै एकदिवसिय खेल खेलेको छैन तर अब क्रमश एकदिवसीय विश्वकप छनोटका दौरान नेपालले खेल्ने मौका पाउने छ ।