विश्वकप क्रिकेट : आज वेस्ट ईण्डिज भारतलाई टक्कर दिने दाउँमा
असार १२ , अनलाईन खेलखबर ।। ईङल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज उपाधि दाबेदार भारतले विश्वकपबाट बाहिरिसकेको वेस्ट ईण्डिज को सामना गर्दैछ ।
अमीरात ओल्ड ट्रेफर्ड,म्यानचेस्टरमा नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजेपछि हुने खेलमा भारत लाई सेमिफाईनलमा स्थान बनाउँन आज हुने खेलमा स्पष्ट जितको आबस्यक रहेको छ । भने विश्वकपको बाहिरिसकेको वेस्ट ईण्डिज ठुलो टिमलाई हराउदै विश्वकपमा सुखद नतिजा निकाल्न चाहन्छ ।
विश्वकपमा भारतले हाल सम्म ५ खेलबाट ४ मा जित र १ खेलमा अंक बाड्दै अहिले अंकतालिकामा ९ अङ्कसहित तेस्रो स्थानमा सुरक्षित रहेको छ । यदि वेस्ट ईण्डिजबिरुद्द आज हुने खेलमा जित हासिल गरेको खण्डमा भारत दोस्रो स्थानमा उक्लिने छ ।
हाल ७ खेलबाट १२ अंकसहित अंकतालिकाको शीर्षस्थानमा साबिकको विश्व विजेता अष्टेलिया रहेको छ । भने दोस्रोमा समान ७ खेलबाट ११ अङ्कसहित न्युजिल्याण्ड रहेको छ । तेस्रोमा भारत रहँदा चौथोमा आयोजक ईङल्याण्डले भारतलाई पछ्याईरहेको छ ।
अपराजित रहेको भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको थियो । यसपछि दोस्रो खेलमा भारतले अर्को उपाधिको दाबेदार अष्टेलियालाई ३६ रनले पराजित गरेको थियो । न्युजिल्याण्ड बिरुद्दको तेस्रो खेल भने हुँन सकेन वर्षाले गर्दा खेल रद्द हुँन पुगेको थियो । जसबाट दुवै टिमले १/१ अंक बाडेका थिए ।
आफ्नो चौथो खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको थियो भने अघिल्लो खेलमा अफगानिस्तानलाई ११ रनले पराजित गरेको थियो ।
यता वेस्ट ईण्डिज ६ खेलबाट ३ अंकसहित अहिले अंकतालिकामा आठौ स्थानमा रहेको छ । वेस्ट ईण्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । भने यसपछिका खेलमा वेस्ट ईण्डिजले नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । यस्तोमा आज तुलनात्मक कमजोर वेस्ट ईण्डिजलाई भारतबिरुद्द सहज भने पक्कै हुनेछैन ।