नेपाली युवा क्रिकेट टिम आईतबार मलेसिया प्रस्थान गर्ने

नेपाली युवा क्रिकेट टिम आईतबार मलेसिया प्रस्थान गर्ने

असार ११ , अनलाईन खेलखबर ।। एसियन क्रिकेट काउन्सिल( एसीसी ) को आयोजनामा जुलाई २ देखि ९ तारिख सम्म मलेसियामा हुन् गईरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागी नेपाली अन्डर नाईण्टिन टिम आउँदो आइतबार मलेसिया प्रस्थान गर्ने भएको छ ।

मलेसिया जानुअघि नेपालले मंगलबार आफ्नो टिम घोषणा गरेको थियो । रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली युवाँ क्रिकेट टिममा पवन सरार्फ , कमल सिह एरि , रित गौतम , हरि बहादुर चौहान ,बिशाल बिक्रम केसी , प्रतिश जिसी ,तिलक राज भण्डारी ,राशिद खान , भिम सार्की , लोकेश बहादुर बम , सागर ढकाल , कुशल मल्ल र खडक बहादुर बोहरा रहेका छन ।

यस्तै बैकल्पिक खेलाडीको रुपमा मोहम्मद आसिफ शेख , सन्दिप जोरा , सुर्य तामाङ्ग र आकाश चन्द रहेका छन् ।

कुल ८ टिम सहभागिता रहने प्रतियोगितामा दुई समुहमा बिभाजन गरी खेल तालिका तयार गरीएको छ । जसअनुसार नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा नेपाल सहित चिन , म्यानमार र सिगापुर रहेको छ ।

भने समुह ” बि ” मा आयोजक मलेसिया सहित भुटान , हंङ्गकङ्ग र थाईल्याण्ड रहेको छ ।

नेपालले प्रतियोगिताको सुरुवात जुलाई २ तारिखमा म्यानमार बिरुद्द खेल्दै गर्नेछ । भने दोस्रो खेल नेपालको जुलाई ५ तारिखमा सिगापुर बिरुद्द रहने छ । भने समुहको अन्तिम खेलमा नेपालले ६ तारिखमा चीनको सामना गर्नेछ ।

समुह चरण पछि समुहका बिजेता र उप – बिजेता प्रतियोगिताको सेमिफाईनल प्रबेश गर्नेछन । सेमिफ़ाईल जुलाई ८ तारिखमा हुनेछ भने प्रतियोगिताको फाईनल ९ तारिखमा हुनेछ । प्रतियोगिताको विजेता टोलीले आगामी यु -१९ एसिया कपमा छनोट हुनेछ ।

साविकको विजेता समेत रहेको नेपाल यसपटक पनि प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्य सहित मलेसिया प्रस्थान गर्नेछ । तुलनात्मक रुपमा नेपाल अन्य टिम भन्दा धेरै माथि रहेको छ । यो प्रतियोगिताको बिजेताले आगामी यु -१९ एसिया कपका लागि छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *