एपीएफले उचाल्यो प्रधानमन्त्री महिला टि – ट्वान्टीको  उपाधि 

एपीएफले उचाल्यो प्रधानमन्त्री महिला टि – ट्वान्टीको उपाधि 

असार ११ , अनलाईन खेलखबर || कञ्चनपुरमा सम्पन्न प्रधानमन्त्री कप महिला टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले उचालेको छ ।

तस्बिर : अमित मल्ल

बुधबार महेन्द्रनगर कवर्डहल स्थित क्रीकेट मैदानमा भएको फाईनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा सुदूरपश्चिमले ट्स हारेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७१ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि रुवी पौदारले सर्वाधिक २४ रनको पारी खेलिन तथा कविता कुँवरले २२ रनको योगदान पुर्याएपनि अन्य बाकी खेलाडीहरुबाट उलेख्य योगदान हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भयो ।

बलिङ तर्फ एपीएफका लागि करुणा भण्डारी र कप्तान सिता राना मगरले उत्कष्ट बलिङ गर्ने क्रममा समान ३-३ विकेट लिए ।

त्यस्तै सोनु खड्का, रेखा रावल र ममता चौधरीले पनि समान १/१ विकेट लिँन सफल भएका थिँए ।

यसपछि ७२ रनको झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफले उक्त विजयी चुनौतीलाई १४ ओभरमा मात्र ४ विकेट गुमाएर भेटायो ।

एपीएफको जितमा ईन्दु वर्माले २२ रनको योगदान गरिन । १८ बलमा उनले ४ चौकाको मद्दतमा उक्त पारी खेलेकी हुँन ।

त्यस्तै टिम कप्तान सिता राना मगरले १८ तथा ज्योती पाण्डेले १७ रनको योगदान गरेपछी टिमले सुदुर पश्चिमबिरुद्द सहज जित निकाल्यो ।

बलिङ तर्फ सुदूरपश्चिमका लागि टीम कप्तान जानकी भट्टले २ विकेट हात पारिन ।

यो सँगै एपीएफले प्रतियोगिताको विजेता बन्दै नगद ५ लाख प्राप्त गर्यो भने उप – विजेताको रुपमा चित्त बुझाएको सुदुर पश्चिमले ३ लाख प्राप्त गर्यो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी टीम कप्तान सिता राना मगर भईन भने उत्कृष्ट ब्याट्सवुमेन कबिता कुँवर घोषित हुँदा उत्कृष्ट बलर प्रदेश नम्बर ३ की खुसि डंगोल घोषित भईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *