अफगानिस्तान माथि भारतको रोमाञ्चक जित
असार ६ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी वविश्वकप अन्तर्गत विश्वकपको २८ औँ खेलमा भारतले कमजोर अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ ।
सनिवार भएको पहिलो खेलमा भारतले प्रस्तुत गरेको २ सय २५ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको अफगानिस्तानले ४९.५ ओवरमा आफ्नो सबै विकेट गुमाएर २ सय १३ रनमा सिमित हुन् पुगेपछि भारतले रोमाञ्चक खेलमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।
बलियो भारत सामू निकै राम्रो प्रदशन गर्ने क्रममा अफगानिस्तानका मोहम्मद नाबिले सर्बाधिक योगदान गरे । खेललाई अन्तिम सम्म लगेका उनले टिमलाई जित दिलाउन नसकेपनि ५५ बलमा ४ चौका र १ छक्काको मद्दतमा अर्धसतकिय ५२ रन बनाएका थिए ।
यस्तै अफ्गानितानका गुलबदिन नईवले २७ रन , रहमद शाहले ३६ तथा नाजिबुल्ला जार्दान र हस्मतुल्ला शाहिदीले समान २१/२१ रन बनाएका थिए ।
बलिङ्गमा भारतका मोहम्मद शामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक सहित सर्बाधिक ४ विकेट हात पारे भने जसप्रित बुमराह , युजभेन्द्र चहल र हार्दिक पाण्डेयले समान २/२ विकेट लिए ।
त्यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।
भारतका लागी कप्तान बिराट कोहलीले सर्बाधिक ६७ रनको योगदान गरेका थिए । चौथो विकेटका रुपमा पभेलियन फर्किएका उनले ६३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।
सामान्य ब्याटिङ गरिरहेको भारतका लागी केदार जादभले अन्त्यतिर अर्धसतकिय ५२ रनको योगदान गरेपछी टिमले सम्मानजनक स्कोर बनाएको थियो । ओपनर ब्याट्सम्यान लोकेश राहुलले ३० रनको पारी खेल्दा अर्का ओपनर ब्याट्सम्यान रोहित शर्मा भने आज सस्तैमा गुमायो उनले मात्र १ रन बनाए ।
यस्तै विजय सङ्खरले २९ तथा महेन्द्र सिहँ धोनीले २८ रनको योगदान दिदाँ अन्य खेलाडीहरुवाट भने उलेख्य योगदान हुन् नसक्दा टिम कम स्कोरमा रोकिन बाँध्य भएको थियो ।
भारतलाई कम स्कोरमा रोक्न अफगानिस्तानका मोहम्मद नबि र गुलबदिन नैईबले समान २/२ विकेट हात पारे भने राशिद खान , रहमत शाह , अफताव आलम र मुजिवले १/१ विकेट हात पारेका थिए ।
यो जित सगै अपराजित रहेको भारतले अहिले ५ खेलवाट ९ अंकसहित अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ