उपाधी दाबेदार ईङ्गल्याण्ड श्रीलंका सामु निराश : मलिंगाको उत्कृष्ट  प्रदशन

उपाधी दाबेदार ईङ्गल्याण्ड श्रीलंका सामु निराश : मलिंगाको उत्कृष्ट प्रदशन

असार ७ , अनलाईन खेलखबर ।। लसिथ मलिंगाले उत्कृष्ट बलिङ्ग गरेपछि श्रीलंकाले विश्वकपको उपाधी दाबेदार समेत रहेको आयोजक ईङ्गल्याण्डलाई रोमान्चक खेलमा २० रनले पराजित गरेको छ ।

गएराती सम्पन्न विश्वकपको २७ औँ खेलमा श्रीलंकाले प्रस्तुत गरेको २ सय ३३ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको ईङ्गल्याण्ड ४९ ओवरमा आफ्नो सबै विकेट गुमाएर २ सय १२ रनमा सिमित हुन् पुगेपछि टिम ईङ्गल्याण्डले ६ खेलवाट दोस्रो हार व्यहोरेको छ ।

सामान्य लक्ष्य भएतापनी ईङ्गल्याण्डका दुई खेलाडी बाहेक अन्य खेलाडीको सन्तोषजनक प्रदशन नहुदाँ टिम निराश हुन् पुग्यो । ईङ्गल्याण्डका बेन स्टोक्सले सर्बाधिक ८२ रनको पारी खेले । ८९ बलको सामना गरेका उनले ७ चौका र ४ चौकाको मद्दतमा उक्त रन बनाए । यस्तै जो रूटले पनि अर्धसतकिय पारी खेलेका थिए । ८९ बलमा उनले ३ चौका प्रहार गर्दै ५७ रन बनाउन सफल भएका थिए ।

बलिङ्गमा खेलका नायक प्लेयर अफ द म्याच समेत घोषीत भएका लसिथ मलिंगाले १० ओवर बलिङ्ग गर्दै १ ओवर मेडन राख्दै ४ विकेट हात पारे । यस्तै धनन्जय डी शिल्भाले पनि ३ विकेट तथा इसुरु उडाना २ र नुवान प्रदीपले १ विकेट लिन सफल भए ।

त्यसअघि हेडिंग्ले लीड्सको भएको खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ३२ रनको योगफल खडा गरेको थियो ।

सुरुवात खराब गरेको भएपनि श्रीलंकाका मध्यक्रममा ब्याट्सम्यानले राम्रो प्रदशन गरेपछि टिम सम्मानजनक स्कोर तर्फ पुगेको थियो । ओपनरद्रय दिमुथ करुणारत्ने र कुसल परेरालाई टिमले सुरुवातमै सस्तैमा गुमायो । २.२ ओवरमा भित्र टिमले मात्र ३ रन बनाउदा दुवै ओपनरलाई गुमाएको थियो । जसमा कप्तान दिमुथ करुणारत्नेले १ तथा कुसल परेराले २ रन बनाए ।

यसपछी श्रीलंकाले खेलमा फर्कियो जसअनुरुप् तेस्रो विकेटका लागि अबिष्का फर्नान्डो र कुशल मेन्डिसले ५९ रनको साझेदारी गरेपछी टिमले केहि राहत् महशुश गर्यो । अबिष्का फर्नान्डोले ४९ रन बनाए भने कुशल मेन्डिसले पनि ४६ रनको योगदान गरे ।

यस्तै एंजेलो मैथ्यूजले ईनिङ्गको सर्बाधिक ८५ रन बनाए । अविजित रहेका उनले ५ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

बलिङ्ग तर्फ ईङ्गल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान ३/३ विकेट हात पारे । यस्तै आदिल राशिद २ तथा क्रिस वोक्सले १ विकेट हात पारे ।

यो जित संगै श्रीलंका ६ खेलवाट ६ अंकसहित अंकतालिकाको पाचौँ स्थानमा रहेको छ । भने पराजित ईङ्गल्याण्ड समान ६ खेलवाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *