सपना थियो , सोचेको थिएन : सोमपाल कामी

सपना थियो , सोचेको थिएन : सोमपाल कामी

असार ६ , अनलाईन खेलखबर ।। पहिलो पटक बिदेशी लिगको ढोका खेल्ने क्रममा क्यानडाको प्रतिष्ठित क्रिकेट लिग ग्लोबल टि – ट्वान्टीमा अनुबन्धित भएका नेपाली युवा खेलाडी सोमपाल कामीले सपना थियो , सोचेको थिएन यस्तो छिटो पुरा हुन्छ भनेर अनुबन्धित पछि पहिलो पटक संचारकर्मी सँगको भेटमा उनले यस्तो भनाई राखेका थिए ।

आज शुक्रवार संचारकर्मी सँग भेटघाट् कार्यक्रममा उनले अनुबन्धित धेरै खुशी लागेको भन्दै पहिलो पटक नेपाल आउँदा नेपाली राष्टिय टिमवाट खेल्नु थियो जसरी म खेल्दै गए टिमले पनि राम्रो प्रदशन गरिरहेको छ ।

अबस्य पनि ईण्डियन प्रिमियर लिग ( आईपिएल ) लिगहरु हेरी राख्थौ लाग्य्थ्यो हामिहरु पनि क्षमता राख्छौ , पहिलो पटक क्यानडा खेल्न जादैछु , नयाँ टिम , नयाँ अनुभव र जसलाई म टेलिभिजनमा हेर्ने गर्थे । उनीहरु सँग खेल्दा खेरी धेरै भन्दा धेरै सिक्न मिल्छ ।
भिडियोमा हेर्नुहोस
र यो भन्न सकिदैन , मा त्यहा गएर आफ्नो तर्फवाट वेस्ट दिन्छु या दिदैंन प्रदशन हुन्छ की हुदैन तर मेरो तर्फवाट अहिले सम्म जति मेहनत गरेको छु । त्यसले गर्दा मलाई लाग्छ केहि न केहि राम्रो पक्कै हुनेवाला छ । उनले यसरी आफ्नो धारणा राखेका थिए ।

यस्तै कुराकानी गर्ने क्रममा स्टार क्रीकेटर सन्दिप लामिछानेले म भन्दा पनि सोमपाल दाईका लागि खुशी लागेको बताएका थिए ।
भिडियोमा हेर्नुहोस
उनले थप्दै मेरो एउटा् चाहाना थियो म लगायत अरु खेलाडीहरु पनि आउँन , खेलुन मलाई लाग्थ्यो । सायद अझै परिवर्तन हुनेवाला छ । उनले भने ”

त्यसैमा उनले थप्दै भने एउटा खेलाडी लगातार खेलिरहेको थियो , अहिले एकजना थपिएको छ , अझै बाकी समयमा अन्य खेलाडीहरु पनि खेक्न सक्छ्न उनको आशय रहेको थियो ।

जसका लागि आफुहरुको तर्फवाट जे हुनसक्छ हामी त्यसका लागि सक्दो साथ दिदै उकास्न मद्दत गर्ने बाचा समेत उनले गरेका थिए ।

आउदो २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँने यस सस्करणको ग्लोबल टि – ट्वान्टीमा सन्दिप ठुलो रकममा टिममा अनुबन्धित भएका छन । उनलाई यसपटक ग्लोबल टी – ट्वान्टीको टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ ।

भने पहिलो पटक बिदेशी लिगमा ढोका खेलेका नेपाली राष्टिय क्रिकेटका महत्वपुर्ण सदस्य युवा खेलाडी सोमपाल कामिलाई ग्लोबल टि – ट्वान्टीका लागी विनिपेग हक्सले करिव ३ हजार अमेरिकन डलरमा ड्राफ्टमार्फत छनोट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *