सोमपाल पहिलो पटक विदेशी लिगमा अनुबन्धित
असार ६ , अनलाईन खेलखबर ।। नेपाली राष्टिय क्रिकेटका महत्वपुर्ण सदस्य युवा खेलाडी सोमपाल कामि पहिलो पटक ठुलो विदेशी लिगमा अनुबन्धित भएका छन ।
उनि क्यानडाको सबैभन्दा प्रतिष्ठित क्रिकेट प्रतियोगिता ग्लोबल टि -ट्वान्टी लिगमा अनुबन्धित हुन् अफल भएका हुन् । रकमको हिसाव वाट ठुलो मानिने यो प्रतियोगिता सगै सोमापालको अन्तत राम्रो तरिकाले ग्लोबल बजारमा ढोका खुलेको छ ।
सोमापाललाई ग्लोबल टि – ट्वान्टीका लागी विनिपेग हक्सले करिव ३ हजार अमेरिकन डलरमा ड्राफ्टमार्फत छनोट गरेको हो । बिहिवार भएको ड्राफ्टमा उनको सो रकम न्युनतम समेत रहको थियो ।
अब उनि अन्तराष्टिय चर्चित अनुहार सगैं खेल्ने अबसर र अनुभव प्राप्त गर्ने मौका पाउने छन । उनको टिम विनिपेग हक्स क्रिस लिन , ब्राब्रो , जेपी डुमिनी , उमर अकमल , नाजीबुल्ला जार्दन , रमिज शाहजाद जस्ता खेलाडिहरु रहेका छन ।
उनि सगैं नेपालका अर्का युवा खेलाडी सन्दिप लामिछाने पनि ठुलो रकममा टिममा अनुबन्धित भएका छन । यसअघि क्यारेवियन प्रिमियर लिग ( सिपिएल ) मा ठुलो रकममा अनुबन्धित भईसकेका उनि जारि सिजनको यो दोस्रो अनुबन्धित हो । उनलाई यसपटक ग्लोबल टी – ट्वान्टीको टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ ।
उनको टिममा ब्रेंडन मैकुलम, ट्रेन बोल्ट .क्रिस ग्रीन, चिराग सुरी लगायत भारतका चर्चित खेलाडी युवराज सिह समेत रहेका छन् । यसअघि उनि अघिल्लो सस्करणमा मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । उनलाई त्यस बेला पनि ठुलो रकममा अनुबन्धित गरेको थियो उनले ४० हजार अमेरिकी डलर प्राप्त गरेका थिए ।
प्रतियोगिताको यो सस्करण यहि आउदो २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ ।