विश्वकपमा वार्नरको दोस्रो सतक
असार ५ , अनलाईन खेलखबर ।। आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत अहिले अष्टेलियाले बंगलादेशको सामना गरिरहेको छ ।
ट्रेंट ब्रिज, नॉटिंघममा जारी विश्वकपको २६ औँ खेलमा टस जितेर अहिले अष्टेलियाले सुरुमा ब्याटिंङ्ग गर्दै यो समाचार तयार गर्दा सम्म अष्टेलियाले ३४ ओवरमा मात्र १विकेट गुमाएर १ सय १९७ रन बनाई सकेको अबस्था छ ।
राम्रो सुरुवात गर्ने क्रममा अष्टेलियाले १२१ रनको ओपनिङ्ग साझेदारी पाएको थियो । टिमका कप्तान आरोन फिन्च र डेविट वार्नरले टिमलाई राम्रो सुरुवात दिलाएका थिए । २०.५ ओवरमा टिमले पहिलो विकेट रुपमा फिन्चलाई व्यक्तिगत ५३ रनमा गुमाएको थियो ।
सौम्या सरकारको बलमा क्याच आउट भएका उनले ५ चौका र २ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए । हाल सम्म विश्वकपमा ५ खेल खेलिसकेका उनले ३ सय ४३ रन बनाईसकेका छन र उनी विश्वकपको सर्बाधिक धेरै रन बनाउने खेलाडीको सुचिमा आफुलाई दौडाईरहेका छन ।
अहिले मैदानमा वार्नर र उस्मान ख्वाजाले ब्याटिंङ्ग गरिरहेका छन । जसमा भखरै वार्नरले जारी विश्वकपमा दोस्रो सतक प्रहार गरेका छन । जुन उनको करियरको एकदिवसीय १६ औँ सतक हो । यसअघि उनले विश्वकपमा पाकिस्तान बिरुद्दको खेलमा १०७ रनको सतकीय पारी खेलेका थिए ।
उनले अहिले भने १०३ रन बनाएर खेलिरहेका छन भने उनलाई साथ दिईरहेका उस्मान ख्वाजाले ३४ रन बनाएर खेलिरहेका छन ।
साबिकको विजेता समेत रहेको अष्टेलियाले हाल सम्म अष्टेलियाले ५ खेलवाट ४ खेलमा जित र १ मा हार संगै अहिले ८ अंकसहित अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।
भारत सँग पराजित भएको अष्टेलियाले अन्य खेलमा स्पष्ट प्रदशन गर्दै जित हासिल गरेको थियो । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो । यस्तै लगातार दोस्रो जित हासिल गर्ने क्रममा अष्टेलियाले वेस्ट ईण्डिजलाई १५ रनले पराजित गरेको थियो ।
तर तेस्रो खेलमा भने अष्टेलिया भारत सँग निराश हुन् पुग्यो । सो खेल भारतले एकपक्ष तरिकाले जित हासिल गर्ने क्रममा ३६ रनले पराजित गरेको थियो । चौथो खेलमा भने अष्टेलियाले राम्रो कमब्याक गर्दै पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो । भने अघिल्लो खेलमा श्रीलंका लाई ८७ रनले पराजित गरेको थियो ।
यता अष्टेलियाको आजको प्रतिष्पर्दी बंगलादेशको पनि प्रदशन सन्तोषजनक नै भन्नु पर्छ । समान ५ खेल खेलेको बंगलादेश २ मा जित र २ मा हार र १ खेल रद्द संगै ५ अंकसहित अंकतालिकामा पाचौं स्थानमा रहेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको बङ्गलादेश दोस्रो खेलमा भने न्युजील्याण्ड सँग पराजित हुन् पुगेको थियो ।