onlinekhelkhabar.com

Complete website for Nepali Sports News

धवन टिमबाट बाहिर !

असार ४ , अनलाईन खेलखबर ।। भारतीय ओपनर ब्याट्सम्यान शिखर धवनले ईङ्गल्याण्ड र वेल्समा जारी आईसीसी एकदिवसिय विश्वकप गुमाउने भएका छन ।

खेलका दौरान औलाँमा चोट लागेपछि उनि टिम बाहिर थिए र जसको पूर्ण फिट हुन समय लाग्ने भएपछी उनि टिमबाट बाहिरिएका हुन् । अब उनको स्थानमा ईङ्गल्याण्ड पुगिसकेका ऋषभ पन्तले भारतीय टिममा स्थान बनाउने छन् । अब टिमको अबस्था अनुसार उनि अन्तिम ११ मा नि पर्न सक्ने बाटो खुलेको छ ।

अष्टेलिया बिरुद्दको खेलमा नाथन कुल्टर-नाइलको बलमा उनि चोटिल हुन् पुगेका थिए । र पछि ब्याटिंङ्ग पछि उनि फ़िल्डिङ्ग गर्न मैदानमा आएका थिएन्नन उनको स्थानमा रबिन्द्र जडेजाले फ़िल्डिङ्ग गरेका थिए ।

पछि मेडिकल जाचँ गर्दा उनको बायाँ हातको औलामा फ्रेक्चर भएको पाईएपछि टिमलाई ठुलो झट्का लागेको थियो । चोटिल हुन् पूर्व उनले दक्षिण अफ्रिका बिरुद्द ८ रन बनाएका थिए भने चोटिल भएको खेल अष्टेलिया बिरुद्द भने सतकीय पारी खेलेका थिए । बलियो अष्टेलिया माथि जित हासिल गर्न उनको ११७ रनको योगदान महत्वपुर्ण रहेको थियो ।

भारतीय टिमका अनुभवी ब्याट्सम्यानलाई टिमले पक्कै पनि याद गर्नेछ । उनको र रोहित शर्माको ओपनिङ्ग तालमेल राम्रो हुदै आएको थियो । यी दुई खेलाडिहरुमा समझदारी पनि राम्रो हुने गर्थ्यो ।

अब टिमलाई एक ओपनर चाहिएको छ । जसमा टिमले अघिल्लो पाकिस्तान बिरुद्दको खेलमा केएल राहुलको साथ् पाएको थियो । उनले रोहित सँग राम्रो मिलेर राम्रो ब्याटिंङ्ग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्