जितका साथ विश्व रेकर्डको वर्षा
असार ४ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी विश्वकपमा आयोजक ईङ्गल्याण्डले गएराती भएको विश्वकपको २४ औँ खेलमा अफगानिस्तानलाई १५० रनले पराजित गरे संगै ईङ्गल्याण्ड अहिले अंकतालिकामा ५ खेलवाट ८ अंकसहित पहिलो स्थानमा रहेको छ ।
ईङ्गल्याण्डले खेल जिते सगै विश्व क्रिकेटमा थप केहि नयाँ विश्व कीर्तिमानी खडा गरेको छ । ठुलो अन्तरले जित हासिल गर्दा ईङ्गल्याण्डले केहि कीर्तिमानी कायम गरेको छ । अब हेर्नुहोस क्रमश : ति कीर्तिमानीहरु !
१. विश्वकपमा ईङ्गल्याण्डको सबैभन्दा ठुलो स्कोर र एकदिवसियमा सबैभन्दा छठौ ठुलो स्कोरखडा गर्दै विश्व किर्तिमान खडा गरेको छ ।
२. विश्वकपमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीका रुपमा इयोन मॉर्गनले आफ्नो नाममा त्यो कीर्तिमानी खडा गरेको छ । जसअघि २०१५ मा न्युजिल्याण्ड बिरुद्दको खेलमा क्रिस गेलले १६ छक्का प्रहार गरेका थिए ।
३. ईङ्गल्याण्डले एकदिवसिय क्रिकेटमा एक ईनिङ्गमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने नयाँ कीर्तिमानी थपेको छ । जुन आफ्नै किर्तिमानलाई तोडेको छ । यसअघि ईङ्गल्याण्डकै नाममा यो किर्तिमान रहेको थियो । ईङ्गल्याण्डले सन् २०१९ मा वेस्ट ईण्डिज बिरुद्द २४ छक्का प्रहार गरेको थियो । र अहिले अफगानिस्तान बिरुद्दको खेलमा २५ छक्का प्रहार गर्दै ईङ्गल्याण्डले सो किर्तिमान तोडेको हो ।
४ इयोन मॉर्गनले मात्र ५७ बलमा सतक प्रहार गर्दै विश्वकपमा ईङ्गल्याण्डको तर्फ वाट सबैभन्दा चाडै सतक बनाउने किर्तिमान बनाएका छन । यस्तै विश्वकपमा विश्वको चौथो छिटो सतक हो । यो किर्तिमान सन् २०११ मा आयरल्याण्डका केविन ओ’ब्रायनको नाममा रहेको छ । उनले ईङ्गल्याण्ड बिरुद्द ५० बलमा सतक प्रहार गरेका थिए ।
यस्तै अफगानिस्तानका राशिद खानका नाममा पनि किर्तिमान खडा हुन् पुगेको छ । उनले विश्वकपमा सर्बाधिक रन खर्चिने खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाएका छन । ईङ्गल्याण्ड बिरुद्दको खेलमा उनले ९ ओवर बलिङ्ग गर्दै ११० रन खर्चिएका थिए ।
यस्तै उनकै नाममा अर्को किर्तिमान पनि जोडिएको छ जसमा उनको ओवरमा ११ छक्का प्रहार भएको छ जुन एकदिवसीय क्रिकेटमा कुनै बलरलाई लागेको धेरै छक्का हो ।