अफगानिस्तानलाई ठुलो अन्तरले पराजित गर्दै ईङ्गल्याण्ड अंकतालिकाको शिर्षस्थानमा उक्लियो
असार ४ , अनलाईन खेलखबर ।। आईसीसी एक दिवसिय विश्वकपमा उपाधि दाबेदार मध्यको एक ईङ्गल्याण्डले आफ्नो लयलाई यथावत राख्ने क्रममा अफगानिस्तानलाई १५० रनले पराजित गरेको छ ।
गएराति भएको विश्वकपको २४ औँ खेलमा ईङ्गल्याण्डले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल विजयी चुनौती पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको अफगानिस्तानले पुरै ५० ओवर खेल्दै ८ विकेटको क्षतिमा २ सय ४७ रनमा सिमित हुन् पुगेपछि ईङ्गल्याण्डले अफगानिस्तान माथि फराकिलो जित हासिल गरेको हो ।
अफगानिस्तानका लागि हसमतुल्ला शाहिदीले सर्बाधिक ७६ रनको पारी खेले । १०० बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा उक्त पारी खेल्न सफल भए ।
यस्तै कप्तान गुल्बदिन नईवले ३७ तथा रहमत शाहले ४६ रन र असगर अफगानले ४४ रन बनाउनु बाहेक अन्य खेलाडीहरुको प्रदशन भने उलेख्य रहन सकेन र टिम ठुलो हार व्यहोर्न बाध्य भयो ।
बलिङ्गमा ईङ्गल्याण्डका लागि आदिल राशिद र जोफ्रा आर्चरले समान ३/३ विकेट लिए भने मार्क उडले पनि २ विकेट आफ्नो नाममा लेखाउन सफल भए ।
त्यसअघि अमीरात ओल्ड ट्रैफर्ड मैनचेस्टरमा भएको खेलमा ईङ्गल्याण्डले टस जितेर सुरुमा ब्याटिंङ्ग गर्दै निर्धारित ५० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको छ । जुन जारी विश्वकपमा कुनै टिमले बनाएको हाल सम्मकै ठुलो स्कोर हो । यसअघि ईङ्गल्याण्डले नै बंगलादेश बिरुद्द ३८६ रन बनाएको थियो ।
ईङ्गल्याण्डको शानदार ब्याटिंङ्गमा नायक बनेका कप्तान ईयोन मोर्गनले सर्बाधिक धेरै रन बनाउने क्रममा १४८ रन एक्लैले बनाए । आक्रामक ब्याटिंङ्ग गरेका उनले ७१ बलमा ४ चौका र १७ छक्काको मद्दतमा उनले उक्त रन बनाए । जसमा उनको कीर्तिमानी समेत जोडिएको छ जुन सर्बाधिक धेरै छक्का प्रहार गर्ने रहेको छ । यस्तै उनलाई साथ दिएका जो रुटले पनि ८८ रनको योगदान गरे ।
८२ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा उनले उक्त रन बनाए । टिमलाई ठुलो लक्ष्य सम्म पुर्याउन ठुलो भूमिका निर्बाह गरेका यी दुई खेलाडी विच तेस्रो विकेटका लागि १८९ रनको साझेदारी हुन् पुगेको थियो ।
यसअघि टिमले पहिलो विकेटका रुपमा जेम्स विंसलाई ४४ रनमा गुमाएको थियो । पहिलो विकेटको पतन पछि भने दोस्रो विकेटका लागि भने जोनी बेयरस्टो र जो रुट बिच १२० रनको साझेदारी हुन् पुगेपछि टिमले सुरुवाति अबस्था देखिने राम्रो सुरुवात पाएको थियो ।
दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका बेयरस्टो सतक बनाउन भने चुके । गुलबदीन नईवको बलमा आउट हुन् पुगेका उनले ९९ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ९० रनको योगदान गरे ।
ईनिंङ्गको अन्त्यमा मोईन अलिले अविजित रहदै ३१ रन जोडे अरुको भने संतोशजनक प्रदशन हुन् सकेन ।
बलिङ्ग तर्फ अफगानिस्तानका कप्तान गुलबदिन नईव र दउलत जर्दानले समान ३/३ विकेट हात पारे ।
यो जित संगै ईङ्गल्याण्ड ५ खेलवाट ४ खेलमा जित र १ मा हार व्यहोर्दै अहिले ८ अंकसहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । अफगानिस्तान पुछारमा यथावत रहेको छ ।