onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईङ्गल्याण्ड सँग अफगानी बलर निरिह ! ईङ्गल्याण्डद्रारा कीर्तिमानी लक्ष्य प्रस्तुत

असार ३ , अनलाईन खेलखबर ।। कप्तान इयोन मॉर्गन, जो रुट र जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिंङ्गको मद्दतमा १२ औँ सस्करणको आइसीसी एकदिवसीय विश्वकपको आयोजक तथा उपाधिको दाबेदार ईङ्गल्याण्डले अफगानिस्तान सामु बिशाल चुनौती प्रस्तुत गरेको छ ।

अमीरात ओल्ड ट्रैफर्ड मैनचेस्टरमा जारी खेलमा ईङ्गल्याण्डले टस जितेर सुरुमा ब्याटिंङ्ग गर्दै निर्धारित ५० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको छ । जुन जारी विश्वकपमा कुनै टिमले बनाएको हाल सम्मकै ठुलो स्कोर हो । यसअघि ईङ्गल्याण्डले नै बंगलादेश बिरुद्द ३८६ रन बनाएको थियो ।

ईङ्गल्याण्डको शानदार ब्याटिंङ्गमा नायक बनेका कप्तान ईयोन मोर्गनले सर्बाधिक धेरै रन बनाउने क्रममा १४८ रन एक्लैले बनाए । आक्रामक ब्याटिंङ्ग गरेका उनले ७१ बलमा ४ चौका र १७ छक्काको मद्दतमा उनले उक्त रन बनाए । यस्तै उनलाई साथ दिएका जो रुटले पनि ८८ रनको योगदान गरे ।

८२ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा उनले उक्त रन बनाए । टिमलाई ठुलो लक्ष्य सम्म पुर्याउन ठुलो भूमिका निर्बाह गरेका यी दुई खेलाडी विच तेस्रो विकेटका लागि १८९ रनको साझेदारी हुन् पुगेको थियो ।

यसअघि टिमले पहिलो विकेटका रुपमा जेम्स विंसलाई ४४ रनमा गुमाएको थियो । पहिलो विकेटको पतन पछि भने दोस्रो विकेटका लागि भने जोनी बेयरस्टो र जो रुट बिच १२० रनको साझेदारी हुन् पुगेपछि टिमले सुरुवाति अबस्था देखिने राम्रो सुरुवात पाएको थियो ।

दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका बेयरस्टो सतक बनाउन भने चुके । गुलबदीन नईवको बलमा आउट हुन् पुगेका उनले ९९ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ९० रनको योगदान गरे ।

ईनिंङ्गको अन्त्यमा मोईन अलिले अविजित रहदै ३१ रन जोडे अरुको भने संतोशजनक प्रदशन हुन् सकेन ।

बलिङ्ग तर्फ अफगानिस्तानका कप्तान गुलबदिन नईव र दउलत जर्दानले समान ३/३ विकेट हात पारे ।

अब इंगल्याण्डले प्रस्तुत गरेको ३ सय ९८ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्गमा अफगानिस्तान अबको केहि बेर पछि मैदानमा उत्रिने छ ।

हाल सम्म ४ खेल खेलिसकेको अफगानिस्तानले अहिले सम्म राम्रो प्रदशन गर्न सकेको छैन । जसको परिणाम १० टिमको सहभागिता रहेको विश्वकपमा अन्तिम स्थानमा आफुलाई उभाईरहेको छ ।अफगानिस्तान अष्टेलिया सँग ७ विकेट , श्रीलका सँग ३४ रन , न्युजिल्यान्ड सँग ७ विकेट र दक्षिण अफ्रिका सँग ९ विकेटले पराजित भईसकेको छ ।

यसको ठिक बिपरित ईङ्गल्याण्डले खेल संगै मन जित्दै गएको छ । क्रमश खेलमा सुधार देखिदै छ , खेललाई सकात्मक तरिकाले अगाडी बडाएको देख्दा आफैमा लोभलाग्दो देखिन्छ । जसको फल ईङ्गल्याण्डले प्राप्त गर्दै पनि छ । हाल सम्म ४ खेलनै खेलेको ईङ्गल्याण्डले ३ मा जित र १ मा हार व्यहोर्दै ६ अंकशैता अंकतालिकामा अहिले चौथो स्थानमा रहेको छ ।

ईङ्गल्याण्डले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको ठुलो अन्तरले पराजित गर्दै विश्वकपमा शानदार सुरुवात गर्दा दोस्रो खेलमा भने पाकिस्तान सँग निराश हुन् पुगेको थियो । जुन खेल पाकिस्तानले १४ रनले आफ्नो पक्षमा पारेको थियो । यसपछि राम्रो कम ब्याक गर्दै ईङ्गल्याण्डले लगातार दुई खेलमा राम्रो प्रदशन गर्दै बंगालदेश लाई १०६ रन र वेस्ट ईण्डिजलाई ८ विकेटले पराजित् गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्