कप्तान मोर्गनको विश्वकपमा पहिलो सतक

कप्तान मोर्गनको विश्वकपमा पहिलो सतक

असार ३ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आइसीसी एकदिवसीय विश्वकपमा बलियो टिम ईङ्गल्याण्डले विश्वकपमा निरिह बन्दै आएको कमजोर टिम अफगानिस्तानको सामना गरिरहेको छ ।

अमीरात ओल्ड ट्रैफर्ड मैनचेस्टरमा जारी खेलमा ईङ्गल्याण्डले टस जितेर अहिले सुरुमा ब्याटिंङ्ग गरिरहेको छ । जारी खेलमा ईङ्गल्याण्डले निकै राम्रो सुरुवात गर्ने क्रममा हालसम्म ४५ ओवरमा मात्र २ विकेट गुमाएर ३ सय २३ रन बनाई सकेको छ ।

अहिले मैदानमा जो रूट र टिमका कप्तान इयोन मॉर्गन रहेका छन । भखरै कप्तान ईयोन मोर्गनले सतक प्रहार गरेका छन । जारी विश्वकपमा पहिलो सतक प्रहार गर्ने क्रममा अहिले ११८ रन बनाएर मैदानमा जमेर ब्याटिंङ्ग गरिरहेका छन । यस्तै जो रुट पनि तेस्रो सतक नजिक पुगेका छन ।

यसअघि टिमले पहिलो विकेटका रुपमा जेम्स विंसलाई ४४ रनमा गुमाएको थियो । पहिलो विकेटको पतन पछि भने दोस्रो विकेटका लागि भने जोनी बेयरस्टो र जो रुट बिच १२० रनको साझेदारी हुन् पुगेपछि टिम अहिले ठुलो लक्ष्य तर्फ अग्रसर भएको छ ।

दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका बेयरस्टो सतक बनाउन भने चुके । गुलबदीन नईवको बलमा आउट हुन् पुगेका उनले ९९ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ९० रनको योगदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *