onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बलियो सामु निरिह : नयाँ रेकर्डको वर्षा हुने सम्भावना

असार ३ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आइसीसी एकदिवसीय विश्वकपमा बलियो टिम ईङ्गल्याण्डले विश्वकपमा निरिह बन्दै आएको कमजोर टिम अफगानिस्तानको सामना गर्दैछ ।

विश्वकप सुरु हुनुपूर्व अफगानिस्तानलाई एउटा सम्भावना बोकेको र जुनसुकै बेलामा पनि खेललाई उल्टाउने र ठुला भनिएका टिमलाई निराश बनाउन सक्ने क्षमता राख्ने टिमको रुपमा हेरिएको भएपनि अहिले सम्मको प्रदशनलाई हेर्ने हो भने अफगानिस्तानको प्रदशन झन् पछि झन् खस्किदो क्रममा देखिएको छ ।

यस्तोमा विश्वकप प्रमुख उपाधि दाबेदार ईङ्गल्याण्ड बिरुद्द आज हुने खेलमा अफगानिस्तानको प्रदशन कस्तो रहनेछ । त्यो हेर्न बाकि रहेको छ । यस्तै रहिरहेयो भने आजको खेलवाट विश्व क्रिकेटमा थप नयाँ विश्व रेकर्ड थपिनेमा कुनै दूईमत छैन । जुन सम्भावना अहिले धेरै बढेर गएको छ ।

अहिलेको अबस्थामा यो भन्न सकिन्छ कहाँ ईङ्गल्याण्ड र कहाँ अफगानिस्तान ! यो फरक खेललेनै देखाईरहेको छ । जारि विश्वकपमा अफगानिस्तानको सन्तोषजनक प्रदशन हुन् सकेको छैन । हार जित आफ्नो ठाउमा हुन्छ तर सकारात्मक क्रिकेट अफगानिस्तान बाट हेर्न पाईएको छैन । जुन कुरा सबैलाई लागिरहेको छ ।

हाल सम्म ४ खेल खेलिसकेको अफगानिस्तानले अहिले सम्म राम्रो प्रदशन गर्न सकेको छैन । जसको परिणाम १० टिमको सहभागिता रहेको विश्वकपमा अन्तिम स्थानमा आफुलाई उभाईरहेको छ ।अफगानिस्तान अष्टेलिया सँग ७ विकेट , श्रीलका सँग ३४ रन , न्युजिल्यान्ड सँग ७ विकेट र दक्षिण अफ्रिका सँग ९ विकेटले पराजित भईसकेको छ ।

यसको ठिक बिपरित ईङ्गल्याण्डले खेल संगै मन जित्दै गएको छ । क्रमश खेलमा सुधार देखिदै छ , खेललाई सकात्मक तरिकाले अगाडी बडाएको देख्दा आफैमा लोभलाग्दो देखिन्छ । जसको फल ईङ्गल्याण्डले प्राप्त गर्दै पनि छ । हाल सम्म ४ खेलनै खेलेको ईङ्गल्याण्डले ३ मा जित र १ मा हार व्यहोर्दै ६ अंकशैता अंकतालिकामा अहिले चौथो स्थानमा रहेको छ ।

ईङ्गल्याण्डले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको ठुलो अन्तरले पराजित गर्दै विश्वकपमा शानदार सुरुवात गर्दा दोस्रो खेलमा भने पाकिस्तान सँग निराश हुन् पुगेको थियो । जुन खेल पाकिस्तानले १४ रनले आफ्नो पक्षमा पारेको थियो । यसपछि राम्रो कम ब्याक गर्दै ईङ्गल्याण्डले लगातार दुई खेलमा राम्रो प्रदशन गर्दै बंगालदेश लाई १०६ रन र वेस्ट ईण्डिजलाई ८ विकेटले पराजित् गरेको थियो ।

अब सोहि लयलाई निरन्तरता दिने क्रममा आज अफगानिस्तान बिरुद्द ठुलो जितको खोजीमा हुनेछ । नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि अमीरात ओल्ड ट्रैफर्ड मैनचेस्टरमा हुने खेल हेर्न लायक पक्कै हुनेछ । अफगानिस्तान सम्मानजनक प्रदशनमा केन्दित हुदाँ ईङ्गल्याण्डले आफ्नो दबदबा प्रस्तुत पक्कै गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *