सकीबको सतकीय पारीमा बंगलादेशलाई विश्वकपमा दोस्रो जीत
असार ३ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी आइसीसी विश्वकपमा बंगलादेशले आफ्नो पाचौं खेलमा वेस्ट ईण्डिजलाई ७ विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न प्रतियोगिताको २३ औँ खेलमा वेस्ट ईण्डिजले प्रस्तुत गरेको ३ सय २२ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको बंगलादेशले शानदार प्रदशन गर्दै ४१.३ ओवरमा मात्र ३ विकेट गुमाएर उक्त लक्ष्य सहज तरिकाले भेटायो ।
बंगलादेशलाई विश्वकपमा दोस्रो जित दिलाउने क्रममा बंगलादेशका सकीब अल हसन र लिटन दासले ठुलो भूमिका निर्बाह गरे । अविजित रहेका सकिवले ९९ बलको साम १६ चौकाको मद्दतमा सतकीय १२४ रनको योगदान गरे । यसअघि सकिबले इंग्ल्यान्डविरुद्ध पनि शतक प्रहार गरेका थिए ।
भने लिटन दासले पनि उत्कृष्ट पारी खेल्ने क्रममा ९४ रन बनाए । ६९ बलमा ८ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । उनि पनि अविजित रहेका थिए ।
त्यसअघि बंगलादेशका तमिम ईकबालले ४८ रन र सौम्य सरकारले २९ रन बनाएर आउट हुन् पुगेका थिए ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र ओशन थोमसले समान १/१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिंङ्ग गरेको वेस्ट ईण्डिजले निर्धारित ५० ओवर पुरै खेल्दै ८ विकेट गुमाएर ३ सय २१ रनको योगफल खडा गरेको थियो । वेस्ट ईण्डिजलाई ठुलो लक्ष्य सम्म पुर्याउन साई होप र इभिन लुईसले ठुलो योगदान गरे ।
ईनिंङ्गको सर्बाधिक धेरै रन बनाएका शाई होपले ९६ रन बनाए । सतक बनाउन बाट चुकेका उनले १२१ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै इभिन लुईसले ७० रनको योगदान गरे । भने शिमरोन हेटिमरले ५० तथा कप्तान जोसंन होल्डरले ३३ रनको पारी खेलेका थिए ।
बलिङ्ग तर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमान र मोहम्मद सैफुद्दीनले समान ३/३ विकेट हात पारे । यस्तै सकिब हल हसनले पनि २ विकेट हात पारेका थिए ।
यो जित संगै बंगलादेश अंकतालिकामा ५ खेलवाट २ मा जित १ मा हार र १ मा रद्द हुदै अहिले ५ अंकसहित अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ । भने वेस्ट ईण्डिज समान ५ खेलवाट १ मा जित ,३ मा हार व्यहोर्दै र १ मा अंक बाडेर अहिले ३ अंकसहित अंकतालिकाको सातौ स्थानमा रहेको छ ।
यता विश्वकप अन्तर्गत आज विश्वकपको उपाधि दाबेदार आयोजक ईङ्गल्याण्ड र कमजोर अफगानिस्तान बिच प्रतिष्पर्दा हुदैछ । अमीरात ओल्ड ट्रैफर्ड मैनचेस्टरमा हुने यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि हुनेछ ।