onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाकिस्तान बिरुद्द रोहितको सतक प्रहार : भारत ठुलो स्कोर तर्फ अग्रसर

असार १ , अनलाईन खेलखबर ।। आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत अहिले भारत र पाकिस्तान बिचको खेल जारी रहेको अबस्था छ ।

मैनचेस्टरमा जारी विश्वकपको २२ औँ खेलमा सुरुमा टस जितेर पाकिस्तानले भारतलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुरुप भारतले यो समाचार तयार पार्दा सम्म राम्रो सुरुवात गर्दै ३० ओवरमा मात्र १ विकेट गुमाएर १ सय ७२ रन बनाईसकेको छ ।

अहिले मैदानमा टिमका कप्तान बिराट कोहली र उप -कप्तान रोहित शर्मा रहेका छन । जारी खेलमा भारतले राम्रो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागी केएल राहुल र रोहित शर्माले शानदार ओपनिङ्ग पारी खेलेका थिए । यी दुई बिच १३६ रनको साझेदारी हुन् पुग्यो ।

२३.५ ओवरमा केएल राहुलले अर्धसतकीय पारी खेल्दै आउट हुन् पुगे । ७८ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए ।

यसै बिचमा अहिले भखरै रोहित शर्माले सतक प्रहार गर्दै खेलिरहेका छन । हाल सम्म रोहितले १०० रन र बिराटले ९ रन बनाएर खेलिरहेका छन । रोहितको यो एकदिवसिय क्रिकेटमा २४ औँ सतक हो ।

भारतले जारी विश्वकपमा अहिले सम्म ३ खेल खेलिसकेको अबस्था छ । जसमा २ खेल आफ्नो पक्षमा पार्दा खेल १ खेलमा भने अंक बाडेको थियो । र भारत अहिले अंकतालिकामा ५ अंकसहित चौथो स्थानमा रहेको छ ।

भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा विश्वकपको उपाधि दाबेदार मध्यको एक अष्टेलियालाई ३६ रनले निराश बनाएको थियो यस्तै न्युजिल्याड बिरुद्दको तेस्रो खेल भने बर्षाले प्रभावित गरेपछि खेल रद्द हुन् पुगेको थियो ।

यता पाकिस्तानले ४ खेलबाट मात्र एक खेल जितेको छ । १ खेल रद्द हुदाँ अंक बाडेको थियो भने २ खेलमा पराजित हुन् पुगेको थियो । पहिलो खेलमा वेस्ट ईण्डिज सँग पाकिस्तान ७ विकेटले पराजित हुन् पुगेको थियो । भने विश्वकपको दाबेदार मध्यको एक ईङ्गल्यांण्डलाई भने पाकिस्तानले १४ रनले पराजित गरेको थियो । यस्तै तेस्रो खेल श्रीलका बिरुद्द यो खेल भने बर्षाले प्रभावित गरेपछि रद्द हुन् पुगेको थियो ।

यसपछि पाकिस्तान अघिल्लो खेलमा अष्टेलिया सँग ४१ रनले पराजित भएको थियो ।

यता अहिले सम्मको आकड़ा हेर्ने हो भने भारत विश्वकप पाकिस्तान माथि सदैभ हाबी हुदैं आएको छ जसको सुरुवाती संङ्गकेत् आज पनि देखिन थालेको छ । हाल सम्म विश्वकपमा ६ पटक भेट हुदा सबै खेल भारतले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्